काठमाडौं- कर्णाली प्रदेशले आगामी आर्थिक वर्षमा रोजगारी सिर्जनाका लागि ६ अर्ब ५४ करोड रुपैयाँ खर्च गर्ने भएको छ। सोमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन्।
प्रदेश सरकारले नेपाल सरकारसँग समन्वयमा कोभिड १९ को कारणले गम्भीर असर परेका उद्योग, होटल, रेस्टुराँलगायतका व्यवसायको पुनर्सञ्चालनको लागि उचित सहुलियत दिइने बजेटमा उल्लेख छ।
अर्थमन्त्री ज्यावाले रोजगारीका लागि खर्च गर्ने ६ अर्ब ५४ करोडमध्ये भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट ८१ करोड ८८ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ४३ करोड ७३ लाख र सामाजिक विकास मन्त्रालयबाट ७ करोड ९० लाखका रोजगारमुलक कार्यक्रम निर्धारित मापदण्ड र कार्यविधिबाट सञ्चालन हुने व्यवस्था गरिएको बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।