एजेन्सी- चीनको बेइजिङमा पुनः कोरोना भाइरस संक्रमण फैलिन सुरु गरेको छ। सोमबार थप ३६ संक्रमित फेला परेपछि एक खाद्यान्नको बजारबाट कोरोना भाइरस संक्रमण फैलिन थालेको आशंकाको आधारमा केही क्षेत्रमा पुनः कडा लकडाउन लागू गरिएको छ। दोस्रो चरणको संक्रमणमा संक्रमितको संख्या ७९ पुगेको छ।
चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संक्रमण चीनले चमत्कारिक रुपमा नियन्त्रण गरेको थियो। तर पछिल्लो समय फेरि संक्रमितहरु फेला पर्न थालेपछि संक्रमण दोस्रो चरणमा फैलिएको आशंका गरिएको छ।
अहिले फैलिएको संक्रमणको स्रोत सिनफाडीमा रहेको खाद्यान्नको बजार रहेको अनुमान गरिएको छ। यो बजारले बेइजिङमा ताजा फलफुल र तरकारी निर्यात गर्छ। सिएनएनका अनुसार लियानिङग र हुवे प्रान्तमा दोस्रो चरणमा कोरोना भाइरस संक्रमित फेला परेका थिए। दोस्रो चरणको संक्रमण जोखिमपूर्ण रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।