काठमाडौं– सोमबार ओमानबाट १६६ नेपाली स्वदेश फर्कने भएका छन्।
सलाम एयरमार्फत दिउँसो साढे १ बजे उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।
प्रवक्ता क्षेत्रीकाअनुसार १६६ नेपाली लिएर आएको उक्त जहाजमार्फत एउटा शव समेत ल्याइने छ।
ओमानस्थित नेपाली दूतावासले पिसीआर परीक्षण गराएर रिपोर्ट नेगेटिभ देखिएका १८० नेपाली स्वदेश फर्काउने उल्लेख गरेको थियो। बाँकी १४ जना के कारण स्वदेश फर्काइएन भन्ने कारण खुलाइएको छैन।
ओमानबाट सलाम एयरमार्फत नै अर्को उडान समेत तय गरिएको छ। २१ जुनमा हुने भनिएको उक्त उडान १८ जुनमा नै हुने दूतावासले जनाएको छ ।
उक्त उडानको एकतर्फी भाडा ११५ ओमानी रियल तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।