काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधिको बीमा शुल्क छुट हुने व्यवस्था भोलिदेखि लागू नहुने भएको छ। बीमा समितिले लकडाउनका कारण सवारी साधन थन्किएको भन्दै बीमा शुल्कमा छुट दिने व्यवस्था गरेको थियो।
असार एक गतेदेखि लकडाउन खुकुलो भएसँगै बीमा कम्पनीले लकडाउन अगाडिकै बीमा शुल्क लिन पाउने भएका छन्।
यस अवधिमा गरिएको छुट बापतको रकम असार एक गतेपछि भुक्तानी गर्नुपर्ने नियमित बीमा शुल्कमा घटाउने व्यवस्था गरिएको छ। बीमा समितिले आइतबार निर्देशन जारी गर्दै यसअघिको छुटको व्यवस्थालाई जेठ मसान्तसम्म मात्रै कायम गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।