काठमाडौँ- एमसिसीका विषयमा छलफल गर्न बोलाएको सचिवालय बैठक स्थगित भएको छ। आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थागित भएको जानकारी आएको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले जानकारी दिएको हो।
एमसिसीका विषयमा छलफल गर्नका लागि बोलाइएको सचिवालय बैठक यसअघि पनि स्थगित गरिएको थियो। जेठ २८ गते सचिवालय बैठक बोलाएपनि प्रधानमन्त्री केपी ओलीको कार्यव्यस्तताका कारण स्थगित भएको थियो। आजको बैठक भने प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण स्थगित गरिएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ।
आइतबारको सचिवालय बैठकमा एमसिसीका विषयमा छलफल गर्न बैठक बोलाएपनि स्थागित भएको अर्का एक सचिवालय सदस्यले समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।