काठमाडौं- नेपाल विद्यार्थी संघले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम खारेज गर्न सरकारसँग माग गरेको छ।
शिक्षामन्त्री गिरीराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले बजेटमा राखिएको स्वयंसेवक शिक्षक परिचालनको कार्यक्रमलाई हटाउन माग गरेको छ।
राष्ट्रपति शैक्षिक सुधार र स्वयंसेवक परिचालन कार्यक्रम शिक्षामा दलिय राजनीतिलाई प्रश्रय दिन ल्याइएकाले संघको आरोप छ।
नीजि विद्यालयले एक सामुदायिक विद्यालयको व्यवस्थापन गर्ने बजेटमा गरिएको व्यवस्थालाई हटाउन माग गरिएको छ।
वैकल्पिक सिकाइ प्रणाली निर्देशिकामा विद्यार्थी भर्ना, परीक्षाको व्यवस्था,साधन-स्रोत लगायतमा अस्पष्टता रहेको नेविसंघको मागमा उल्लेख गरिएको छ। अनलाइन कक्षा सञ्चालनका लागि अत्यावश्यक माध्यमको उपलब्ध गराउन माग गरिएको पनि छ।
विद्यालय तथा क्याम्पसहरुले शैक्षिक संस्था सञ्चालन हुन नसकेको अवधिको कुनै पनि शुल्क उठाउन बन्द गर्न संघले सुझाएको छ। पुस्तक आयातमा लगाइएको १० प्रतिशत कर खारेज गर्न माग गरिएको छ।
सरकारी विद्यालयमा क्वारेन्टाइन रही रहने र निजि विद्यालय खुलाउने कार्य नगर्न नेविसंघले सरकारलाई सचेत बनाइएको छ।
शिक्षा विज्ञान तथा प्रविधिको क्षेत्रमा १ खर्ब ७१ अर्ब ७१ करोड रकम अपर्याप्त रहेको नेविसंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।