काठमाडौं- जर्मन बुन्डेस लिगामा बोरुसिया डोर्टमुन्डले फोर्टुना डुसलडोर्फलाई १–० ले हराएको छ। डोर्टमुन्डका लागि हल्यान्डले खेलको अन्तिम समयमा गोल गरेका थिए। जितपछि पनि उपाधि यात्रामा भने डोर्टमुन्ड कठिन अवस्थामा छ।
बायर्न म्युनिकले बोरुसिया मुन्छेनग्लाडबाखलाई २–१ ले हराएसँगै बायर्न उपाधिबाट अब एक जितले मात्र पछि छ। मुन्छेनग्लाडबाखविरुद्ध जिक्जीले खेलको २६औँ मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए। मुन्छेनग्लाडबाख पभार्डको आत्मघाती गोलबाट बराबरीमा आए पनि गोर्तेज्काको ८६औँ मिनेटको गोलले बायर्नले खेल जित्यो।
जसले त्यसअघि बोरुसिया डोर्टमुन्डको जितमा ९५औँ मिनेटमा हेडमार्फत गरेको हल्यान्डको गोलसमेत फिका बन्यो। अब मंगलबार राति ब्रेमेनसँगको खेलबाट नै बायर्नले उपाधि जित्न सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।