काठमाडौं- नापोलीले इन्टर मिलानलाई पराजित गर्दै कोपा इटालियाको फाइनलमा पुगेको छ। शनिबार राति भएको दोस्रो लेगको खेलमा नापोली र इन्टर मिलानले १–१ गोलको बराबरी खेलेको भए पनि पहिलो लेगको १–० को जितले नापोली फाइनलमा पुगेको हो।
खेलको दोस्रो मिनेटमा नै इन्टर मिलानका लागि इरिकसनले गोल गरेर अग्रता दिलाएको भए पनि त्यो पर्याप्त भएन। नापोलीका लागि खेलको ४१औँ मिनेटमा मर्टेन्सले बराबरी गोल फर्काएका थिए। त्योसँगै नापोलीका लागि १ सय २२ गोल गरेका मर्टेन्स क्लबका सर्वाधिक गोलकर्तासमेत बने।
नापोलीले फाइनलमा बुधबार युभेन्टससँग खेल्नेछ। युभेन्टसले शुक्रबार राति एसि मिलानलाई हराएर फाइनलमा पुगेको थियो। पहिलो लेग १–१ को बराबरी र दोस्रो लेग गोलरहित बराबरीमा सकिएको भए पनि अवे गोलका आधारमा युभेन्टस फाइनलमा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।