काठमाडौं- स्पेनिस ला लिगामा बार्सिलोनाले शनिबार राति मायोर्कालाई ४–० ले हरायो। तीन महिनापछि खेलमा फर्किएको बार्सिलोनाका लागि लियोनल मेस्सीको पुरानै लय, लुइस स्वारेजको फिर्ति र मार्टिन ब्रेथवेटको पहिलो गोल विशेष बन्यो।
खेल सुरु भएको ६५ सेकेण्डमा नै जोर्डि अल्बाको क्रस पासमा आर्टुरो भिडालले राम्रो हेड गोल गरेका थिए। खेलको ३७औँ मिनेटमा मेस्सीको असिस्टमा ब्रेथवेटले क्लबका लागि व्यक्तिगत पहिलो गोल गरे। जुन गोलको उनले खुसी मनाएनन्। मेस्सीकै पासमा अल्बाले खेलको ७९औँ मिनेटमा र स्वारेजको पासमा मेस्सीले इन्जुरी समयमा गोल गरे। जुन लिगमा मेस्सीको २०औँ गोल हो।
शीर्षमा रहेको बार्सिलोनाले जितसँगै दोस्रोमा रहेको रियल मड्रिडसँग पाँच अंकको अग्रता बनाएको छ। आज राति सवा ११ मा रियल मड्रिड र इबरबीचको खेल हुँदैछ। जसमा अग्रता कम गर्ने दबाब मड्रिडमा रहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।