काठमाडौं- निशान छापमा भएको नेपालको नक्सा सच्याउने गरी प्रतिनिधिसभाले सर्वसम्मत रूपमा संविधान संशोधन विधेयक पारित गरेपछि वार्ताको वातावरण खल्बल्याएको आरोप भारतले लगाएको छ।
संविधान संशोधन विधेयक सर्वसम्मत रूपमा पारित गरेपछि संक्षिप्त नोट जारी गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आफूहरू को समझदारी उल्लंघन गरेको र वार्तावारेको बुझाइ तोडिएको बताएका हुन्।
'कृत्रिम विस्तारको दाबी ऐतिहासिक तथ्य र प्रमाणका आधारमा छैन र यो भारतलाई स्वीकार्य पनि छैन,' नेपालले आफ्नो भूमि नक्सामा समावेश गरेको तर्फ इंगित गर्दै उनले भनेका छन्, 'सीमा समस्या समाधान गर्न हुने वार्ताप्रति भारतको वर्तमान बुझाइलाई पनि यसले तोडेको छ।'
सो नोटमा उनले नेपालले भारतीय भूमी समावेश गरेको दाबी गरेका छन्। यस विषयमा आफूहरूले विगतमा नै प्रष्ट पारेको उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।