• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

लिपुलेकसम्म फैलियो नेपालको भूगोल, वार्तामा बस्न भारतले विलम्ब नगर्ने विश्वास

64x64
रासस शनिबार, जेठ ३१, २०७७  १८:४२
1140x725

काठमाडौं- आकार र आर्थिक सामर्थ्यका आधारमा विश्वमानचित्रमा सानो भए पनि ओजपूर्ण अस्तित्वलाई अक्षुण्ण राख्दै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रका रुपमा स्थापित नेपालको भूगोलमा शनिबारदेखि लिपुलेकसम्म फैलिएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची– ३ मा संशोधनका लागि संघीय संसद्ले संविधान संशोधनको प्रस्ताव दुई तिहाइभन्दा बढी मतका साथ पारित गरेसँगै नेपालको भूगोल ३३५ वर्ग किलोमिटरले विस्तारमात्र भएको छैन ६० वर्षअघिदेखिको समस्यालाई सरकारले साहसपूर्वक गरेको निर्णयको सबैतिरबाट सराहना भएको छ। 

सुगौली सन्धिअनुसार जारी भएको नयाँ नक्सा पारित भएसँगै नेपाली भूमि फिर्ता लिन र त्यसमा नेपालको निर्वाध हक स्थापित गर्न उच्चस्तरीय कूटनीतिक प्रयास तत्काल थाल्नुपर्ने भएको छ। राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका पक्षमा सारा नेपालीसँगै सिङ्गो संसद् एकजुट भएर देखाएको अभूतपूर्व राष्ट्रिय सहमतिले पनि गुमेको भूमि प्राप्तिको अभियानमा ऊर्जा थपेको छ। 

अनादिकालदेखिको ‘रोटीबेटी’ले जोडिएको नेपाल–भारत सम्बन्ध रगत नाताले बाँधिएको ठान्ने दुवै देशका नागरिक सिमानालागायत दुई देशबीचका सबै समस्याको निकास सघन संवादका माध्यमबाट खोजिनुपर्नेमा एकमत छन् तर वार्ताका निम्ति मिति प्रस्ताव गर्दै नेपाल सरकारबाट भएको अनुरोधको प्रत्युत्तर प्राप्त नहुँदा सुमधुर आपसी सम्बन्धमा आँच आउने आशङ्कालाई बढावा दिएको छ।  

शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित नेपाल–भारत सम्बन्धलाई थप सहयोगात्मक बनाउँदै यसलाई दुवै देशका जनताको बृहत्तर हितमा केन्द्रित गर्न अपरिहार्य भएर नै प्रधानमन्त्री मोदीको पहिलो कार्यकालमा अघि सारिएको ‘भारतको पहिलो छिमेक नीति’लाई व्यवहारमा अनुवाद गर्दै अवलम्ब वार्ता हुन आवश्यक छ। 

भूमण्डलीकरणको वर्तमान युगमा परस्पर अन्तरनिर्भर सम्बन्धलाई सूचना र प्रविधिको विकासले अझ सहज तुल्याएकाले कोरोना महामारीको असामान्य अवस्थामा भौतिकरुपमा भेटघाट गर्ने वातावरण नबनेको वर्तमान परिस्थितिमा प्रविधिको प्रयोग गर्दै तत्काल वार्ता गर्नुपर्नेमा भारत र नेपालका वरिष्ठ राजनीतिक नेतृत्वले जोड दिइरहेका भए पनि नयाँदिल्लीमा सम्बन्धित पक्षको त्यसतर्फ ध्याननपुगेको महशुस गरिएको छ। 

दुई देशबीचका मुद्दा बृहत् वार्ता, सरकारी एवं जनस्तरका साथै विद्वत् वर्गलगायत सरोकारवाला सबैसँगको निरन्तर संवादबाट समाधान हुने यथार्थबाट भारतपछि हट्छ भन्नेमा आशङ्का गरिहाल्न सकिँदैन तथापि नेपालसँगको सम्बन्धलाई नयाँ दिल्लीले सकारात्मक रुपमा लिएको र त्यसलाई उन्नत र प्रगतिशील  देख्न चाहेको सन्देश प्रवाह गर्न अब गतिरोध र मौनतालाई चिर्दै वार्ताको मिति घोषणा गर्न भारतले विलम्ब गर्नु दुवै देश र जनताका निम्ति श्रेयस्कर हुँदैन। 

लिम्पियाधुराबाट बग्ने काली नदी नै महाकाली नदीको वास्तविक उद्गम भएको र त्यसपूर्वका लिपुलेकलगायत कालापानी क्षेत्र नेपालकै हो भन्ने यथार्थ उपलब्ध ऐतिहासिक प्रमाण, नक्सा र अन्य दस्तावेजबाट पुष्टि भएकाले हालै नेपाल सरकारले सार्वजनिक गरेको राजनीतिक–प्रशासनिक नक्शालाई स्वीकार गर्दै आफ्ना विमति बिसाउन पनि भारत वार्तामा बस्न जरुरी भएको छ।  

छिमेक पहिले नीतिअन्तर्गत प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले उच्च प्राथमिकतामा राखेका पाकिस्तानबाहेकका सबै छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै त्यसैअनुरुप व्यवहारमात्र गरेको छैन उनीहरूका विकासका आकाङ्क्षा पूरा गर्न हरसम्भव सहयोग पनि गरिआएकै छ। 

Ncell 2
Ncell 2
nimb
nimb

चीनसँग केही विषयमा विमति रहे पनि गत वर्ष चीन र भारतमा शीर्ष नेतृत्वबीच भएका औपचारिक एवं अनौपचारिक भेटवार्ताले द्विदेशीय सम्बन्धमा ठूलो सुधार भएको छ भने दशकौँदेखिको बङ्गलादेशसँगको सीमा समस्या पनि उच्च राजनीतिक नेतृत्वको सुझबुझ र इच्छाशक्तिका कारण समाधान भइसकेको छ। कोरोना महामारीका बेलामा पनि भारतले कूटनीतिक संवादलाई निरन्तरता दिँदै चीनसँगका द्विपक्षीय द्वन्द्व व्यवस्थापन गरेकाले नेपाल सरकारको वार्ताको व्यग्र प्रतीक्षालाई अब नयाँदिल्लीले लम्ब्याउन हुँदैन।

‘सबैको साथ सबैको विकास’ प्रधानमन्त्री मोदीको परिकल्पना र ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपाल र नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार तुल्याउने प्रधानमन्त्री केपी ओलीको लक्ष्यमा भारतको साथ र सहयोगको प्रतिबद्धता वार्ताका निम्ति भएको विलम्बले प्रतिविम्बित गर्दैन। 

विगतका सबै तिक्ततालाई तिलाञ्जली दिँदै नयाँ शिराबाट पुनःस्थापना भएको द्विपक्षीय आत्मीय सम्बन्धलाई कुनै पनि बहानामा वार्तालाई बेवास्ता गरेर बिगार्न हुँदैन भन्नेमा भारत र नेपालका नागरिकबीच मतैक्यता रहेको यहाँ बिर्सन मिल्दैन। भारतका पूर्वविदेशमन्त्री तथा भारतीय राष्ट्रिय कंग्रेसले अविलम्ब नेपालसँग वार्ताका लागि गरेको आग्रह पनि मननीय छ। 

महाभूकम्पका बेला तत्काल राहत तथा उद्धारमा भारतले निर्वाह गरेको भूमिका, पुनःनिर्माणका परियोजनामा देखाएको तदारुकता, आवास परियोजनाको शीघ्र निर्माण र कार्यान्वयन, पेट्रोलियम पाइपलाइन निर्माण, नेपालको आर्थिक भूपरिदृश्यमा विशाल रुपान्तरण गर्ने ९०० सय मेगावाट क्षमताको ‘गेमचेञ्जर’अरुण तेस्रो जलविद्युत् आयोजनामा भइरहेको प्रगति तथा जनकपुर–जयनगर रेलसेवा  सञ्चालनको तयारीमा पुगेको अवस्थालाई दृष्टिगत गर्दा नेपालप्रति भारत असहिष्णु एवं असहयोगी छ भन्न मिल्दैन। 

शान्ति, मैत्री र सद्भावका निम्ति नेपालले गरेको इमान्दार अपेक्षाको साउथ ब्लकले उपेक्षा गर्दैन भन्नेमा नेपाली विश्वस्त छन् भने राष्ट्रिय हित, स्वाभिमान, ऐतिहासिक सत्यतथ्य र प्रमाणप्रति नेपालको सम्झौतारहित अडिग अडानलाई उसले बुझ्नैपर्छ। 

भूगोल, जनसङ्ख्या वा आर्थिक एवं अन्य सामर्थ्यको मापनमा मुलुक ठूलासाना हुन सक्छन्, तर ती विषयले राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रियता, स्वाधीनता र सम्मानको आयामलाई निर्धारण नगर्ने यथार्थलाई मनन गर्दै भारत वार्तामा आउनैपर्छ। आशङ्कारहित विश्वासको सम्बन्धका जगमा मात्रै मित्रतापूर्ण सम्बन्ध अघि बढाउने नेपालको चाहनालाई विश्वको विशाल लोकतान्त्रिक मुलुक भारतले शीघ्र पूरा गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  १८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्