काठमाडौं- संविधान संशोधन प्रस्तावमा मतदान सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तावको पक्षमा हुने सांसद र प्रस्तावको विपक्षमा हुने सांसद्हरूका लागि छुट्टाछुट्टै स्थानमा मतदानको व्यस्था गरेका छन्। तर सबै सांसद्हरू प्रस्तावको पक्षमा रहेको देखिएको छ। 
अहिले सांसदहरूले मतदान गरिरहेका छन्।
यसअघि संशोधन विधेयकका पक्षमा दलका नेताहरुले धारणा राखिरहेकै समयमा सभामुख सापकोटाले मतदान केन्द्रको अनुमगन गरेका थिए।
प्रतिनिधि सभा सदस्यहरुले मतपत्रमा ‘हुन्छ" र 'हुन्न’मा चिन्ह लगाउँदै हस्ताक्षर गर्नेछन्। 
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।