काठमाडौं- संविधान संशोधन प्रस्तावमा मतदानका लागि सभामुख अग्निप्रसाद सापकोटाले तयारी सुरु गरेका छन्। संशोधन विधेयकका पक्षमा दलका नेताहरुले धारणा राखिरहेकै समयमा सभामुख सापकोटाले मतदान केन्द्रको अनुमगन गरेका छन्।
मत विभाजन संसद् भवनमा नभई अर्को भवनमा हुने जनाइएको छ।
प्रतिनिधि सभा सदस्यहरुले मतपत्रमा ‘हुन्छ" र 'हुन्न’मा चिन्ह लगाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।