काठमाडौँ- सत्तारुण दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावलले नेपाल भारत सम्बन्धमा समस्या उत्पन्न भारत आफैले गरेको बताएका छन्। संविधान संशोधन सम्बन्धी छलफलमा बोल्दै रावलले भारतको आफ्नै गतिविधिले दुई देशवीचको सम्बन्धमा समस्या उत्पन्न भएको बताएका हुन्।
‘नेपालको भूभाग भारतले अतिक्रमण गर्यो। अतिक्रमित भूभाग नक्सामा अंकित गरेर सबैभन्दा पहिले भारतले गर्यो। असल छिमेकीको सम्बन्धमा समस्या उत्पन्न नेपालले होइन भारतले गर्यो,’ रावलले भने, ‘नेपाल सरकारको तर्फबाट बारम्बार भारतीयपक्षसंग सचिवस्तरीयको वार्ता गर्ने सहमति भएको थियो। त्यो कुरालाई स्मरण गराउँदै वार्ता लागि आग्रह गरियो  वार्तामा बस्न सक्रियता नदेखाएको भारतले हो।’
निसान छापमा उल्लेखित नक्सा संशोधन गर्न सबै जातजाति, धर्म, क्षेत्र र लिंगका समुदायले एक साथ समर्थन गरेको रावलले बताए।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।