काठमाडौं- नेकपा महासचिव विष्णु पौडेलले एतिहासले आफ्नो पुस्तालाई सुम्पेको जिम्मेवारी पूरा गर्न लागेको बताए। संविधान संशोधन संम्बन्धी छलफलमा बोल्दै पौडेलले आजको दिन इतिहासिका स्वर्ण अक्षरले लेखिने बताए।
‘संविधानको जुन अनुसूचिमा संशोधन गर्दैछौं त्यसका निम्ति देशका सबै नागरिकसँगै म आफै खुसी साट्न चाहन्छु। गर्व गर्न चाहन्छु,’ पौडेलले भने, ‘आजको दिन एतिहासमा स्वर्ण अक्षरले लेखिने छ। आजको दिन जसले नेपाली चिन्न चाहन्छ बुझ्न चाहन्छ। उसले याद गर्नेछ।’
इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्ने अवस्थामा आएको पौडेलले बताए। सुगौली सन्धीले निर्धारण गरेको सीमा महामाली नदी काली नदी पूर्वको भूभाग भएको भन्दै पौडेलले समयक्रमसँगै त्यो भूभाग अतिक्रमित हुन पुगेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।