काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रको सार्वभौमिकता र अखण्डताको लागि सबै दल एक भएको बताएका छन्।
संविधान संशोधन विधेयकको पक्षमा भएको छलफलका क्रममा देउवाले कांग्रेसले पूर्ण नक्साको समर्थनमा स्पष्ट अडान देखाएको बताए। उनले भने, ‘केन्द्रिय समितिको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। संशोधनका पक्षमा पूर्ण समर्थन छ।’
संसद बैठक सुरु हुनुअघि पार्टीको संसदीय दलको बैठक बसेर समेत संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको उनले सदनलाई जानकारी गराए।
संविधान संशोधनका पक्षमा देशका सबै शक्तिको समर्थन देखिएको बताए। देउवाले सबै शक्तिको एकता राष्ट्रिय हितमा देखिएको बताए। देउवाले भूमि समेत ल्याउन प्रतिपक्ष दलले सक्रिय सहयोग गर्ने जनाए। कूटनीतिक तबरबाट भूमि नेपालको बनाउनेक कार्यमा कांग्रेसले सहयोग गर्ने प्रतिवद्धता जनाए।
संविधान संशोधन बाहिरका कुरा गर्न आजको बैठकमा नचाहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।