• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अप्ठ्यारोमा सरकार तर बोल्दिने कोही छैन

64x64
वीरेन्द्र ओली शनिबार, जेठ ३१, २०७७  ०९:५७
1140x725

काठमाडौं- सदनदेखि सडकसम्म सरकारको विरोध हुन थालेको छ। लामो समय लकडाउन पालना गरेर घरभित्रै बसेका जनता सरकार स्वेच्छाचारी भएको भन्दै सडकमा उत्रिन थालेका छन्। सरकारमाथि प्रश्न उठाउन थालेका छन्। सदनमा विपक्षी पार्टीको आलोचना निरन्तर छँदैछ।

कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले पर्याप्त ध्यान पुर्‍याउन पछिल्लो समय सरकारको आलोचना बढिरहेको छ। यसले सरकारलाई नै अप्ठ्यारो पारिरहेको छ।

कोरोना नियन्त्रणमा केन्द्रित हुनुपर्ने सरकार कहिले दल फुटाउन सजिलो हुने अध्यादेश ल्याएर विवादित बन्यो, कहिले सांसद अपहरणमा लाग्यो। लकडाउनमा घरमै बसेर सरकारको गतिविधि नजिकबाट नियालेका जनताले आफ्नो असन्तुष्टिको सबै पोको सडकमै उत्रिएर खोल्न थालेका छन्। लकडाउनको अवधिमा कोरोना संक्रमितको संख्या नियन्त्रित रहनेभन्दा अस्वभाविक रुपमा बढ्न थालेको र मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ। अर्कोतिर, सरकार अनियमितता र मिलेमतोमा फस्दै गएको खबरहरु पनि सार्वजनिक भएका छन्। जारी प्रदर्शनमा यी र यस्तै विषयमा आक्रोश व्यक्त भएका छन्।

सडकदेखि सदनसम्म उठेको आवाजलाई सरकारले मथ्थर पार्न हम्मेहम्मे पर्ने देखिन्छ।

सरकारका आफ्नै गतिविधिले आलोचित र बदनाम हुँदै गएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले टिप्पणी छ। ‘सडकमा उत्रेका युवाहरुले १० अर्बका हिसाब मागे। सबैको पिसीआर टेष्ट गर्नुपर्छ भन्दैछन्। क्वारेन्टाइनमा भएका सबैलाई परीक्षण गरेर घर पठाउन भन्दैछन्’, आचार्यले भने, ‘सरकारले सडकको आवाजलाई सम्बोधन नगरे ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ।’

सरकार गतिविधिसँगै प्रधानमन्त्रीको व्यवहारले समेत जनता आक्रोशित हुँदै गएको आचार्यको बुझाई छ।

सत्तारुढ नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले सडकमा उत्रेका युवाहरुको मागलाई गम्भीर रुपमा नलिनु त्रुटिपूर्ण भएको भन्दै सरकारकै आलोचना गरिन्। ‘सडकमा युवाहरुले उठाएका कुराहरु सबै ठीक छन्। सरकारले सम्बोधन गर्नुपर्ने हो’, शाक्यले भनिन्, ‘उल्टै सरकारले पञ्चायती शैलीमा प्रहरी लगाएर दमन गरेर निरंकुशतावादी व्यवहार देखायो। मलाई पटक्कै चित्त बुझेको छैन।’

सरकारको प्रतिरक्षामा बोलिदिने कोही छैन
पछिल्लो समय सरकारको प्रतिरक्षामा नेकपा शीर्ष नेताले समेत मुख खोलेका छैनन्। सडकमा उत्रिएको युवाहरुको आवाजका विषयमा छक्क पर्नेगरी नेताहरु मौन बसेका छन्। पार्टीका अर्का अध्यक्ष प्रचण्ड बजेट भाषणका दिन मिडियालाई छोटो प्रतिक्रिया दिएएपछि अहिलेसम्म गुमनाम छन्। त्यसयता प्रचण्डले मात्रै होइन, सचिवालयका अरु नेताहरुले समेत सरकारको प्रतिरक्षामा एक शब्द खर्चेका छैनन्। वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ लगायत सचिवालयका नेताहरु चुपचाप बसेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

सरकारको विषयमा केही नबोली नेकपा नेताहरु ओलीको बहिर्गमनलाई पर्खेर बसेको विश्लेषण गर्न थालिएको छ।

प्रधानमन्त्री ओलीले पार्टी कमिटीमा कुनै छलफल नै नगरी एकलौटी ढंगले चलेकाले आफूहरुले प्रतिरक्षा गर्नुपर्ने आवश्यकता नै नभएको एक सचिवालय सदस्यले प्रतिक्रिया दिए। ‘प्रधानमन्त्रीज्यूले कुनै निर्णय गर्दा पार्टी कमिटीमा छलफल गर्नुहुन्न। सरकारले कुनै निर्णय गर्दा हामीलाई जानकारी दिनुहुन्न। प्रधानमन्त्रीको यस्तो व्यवहार छ’, ती सचिवालय सदस्यले भने, ‘अहिले अप्ठ्यारो पर्दा हामीले सरकारको प्रतिरक्षा किन गर्नुपर्‍यो?’

तर नेकपा केन्द्रीय सदस्य कर्ण थापाले सरकारको प्रतिरक्षा नेताहरु बोलिरहेको भन्दै बचाउ गरे। प्रधानमन्त्री निकट नेता थापाले सरकारको पक्षमा जति बोल्नुपर्ने त्यति नबोलेको भने स्वीकार गरे। ‘लोकतन्त्रको नाममा सकडमा भिडतन्त्र बढ्दै छ। कसले युवाहरुलाई उछालेर सडकमा ल्यायो। सबै हामीले हेक्का राखेका छौं’, थापाले भने, ‘सरकारको विरोधका नाममा युवाहरु सडकमा आउनु लोकतन्त्र र सरकार दुवैका लागि फाइदाजनक छैन।’

महामारीमा सरकारले राम्रा काम गरे पनि विरोध मात्रै गर्ने प्रवृत्ति मौलाउँदै गएको थापाको तर्क छ। सरकारलाई विरोध गर्ने नाममा मेला जात्रा जस्तो व्यवहार भएको भन्दै थापाले सडकमा उत्रिने युवाहरुलाई आफ्नो करियर बारे सोच्न आग्रह गरे।

त्यसो त, सरकारको पक्ष विपक्षमा बोल्ने लेखक, पत्रकार, साहित्यकार र बौद्धिक जमात हुन्छ। तर, झण्डै दुई तिहाई बहुमत प्राप्त सरकारमा अझ धेरै बौद्धिक जमातको उपस्थित हुनुपर्ने हो। तर, ओली नेतृत्वको सरकारको व्यवहार र कार्यशैलीका कारण बौद्धिक व्यक्तित्वहरु पक्षमा भन्दा विरोधमै देखिन्छन्। जसका कारण बौद्धिक तप्काबाट समेत ओली सरकार आलोचनाको केन्द्र बनेको छ।

बैठक टार्दा उल्टै प्रधानमन्त्रीलाई समस्या
पार्टी स्थायी कमिटी बैठक डाक्न नेताहरुले मरिहत्ते गर्दा समेत ओलीले टारे। स्थायी कमिटी बैठक बोलाउन नेताहरुले अध्यक्षद्वय ओली र प्रचण्डलाई पत्र नै देखेर माग गरे। ओलीले आफ्नो आलोचना हुने देखेपछि बाहना बनाएर स्थायी कमिटी बैठक सारे। पार्टी कमिटीमा सरकारका काम कारबाहीका विषयमा छलफल नहुँदा यस्तो स्थिति आएको नेताहरु बताउँछन्। ओलीले बैठक नबोलाएकाले सरकारलाई आपत् पर्दा पनि नेताहरु चुप लागेका छन्।

सचिवालय बैठकबाट मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी)का विषयमा छलफल गर्ने भनिए पनि अझै निश्चित भएको छैन। नेताहरुले बैठक बोलाएर छलफल गर्नुपर्ने माग राखेका छन्। नेकपाले एमसिसीलाई अनिर्णित बनाउँदा त्यस विषयलाई समेत जोडेर सरकारको विरोध हुँदै आएको छ।

पार्टी कमिटी बैठक नबोलाउँदा नेताहरुले आफूमा उकुसमुकुस भएको बताउन थालेका छन्।

बैठक बोलाउन बारम्बार माग गर्दा समेत प्रधानमन्त्रीले टार्दा सरकार आलोचित हुँदै गएको शाक्यले बताइन्। ‘सरकार र पार्टीका विषयमा बोल्नुपर्ने विषय धेरै छन्। कमिटीभित्र बोल्न नपाउँदा उकुसमुकुस भइसक्यो। आफ्ना कुरा कहाँ राख्नु? ठाउँ छैन’, शाक्यले भनिन्, ‘प्रधानमन्त्रीज्यू विभिन्न बहाना बनाएर बैठक बोलाउन मान्नुहुन्न। प्रधानमन्त्रीज्यूकै कारण पार्टी र सरकार बदनाम भयो।’

प्रधानमन्त्री ओलीलाई सरकार पार्टी दुवैको माया नभएको शाक्यले आरोप लगाइन्। पार्टी कमिटी बैठक नबस्दा नेताहरुबीच मन माझामाझ समेत हुन पाएको छैन।

एकपछि अर्को अपारदर्शी काम गर्दै सरकार 
सरकारले कोरोना नियन्त्रण तथा रोकथाम र राहत वितरणमा पारदर्शी ढंगले काम गर्न नसक्दा अप्यारोमा परेको छ। चीनबाट खरिद गरिएका मेडिकल सामाग्री ओम्नी समूहलाई खरिद गर्न दिने क्रममा मन्त्रीकै संलग्नता भएको विषय सार्वजनिक हुँदा निकै आलोचना भयो। चीनबाट ल्याएका मेडिकल सामाग्री तेब्बरभन्दा महंगो हुनुका साथै मापदण्डभन्दा कमसल सामाग्री भएपछि प्रयोगमै आउन सकेन।

सरकारले कोरोना नियन्त्रणमा १० अर्ब बजेट खर्च गरेको सार्वजनिक हुँदा विवादित बनेको छ। कुन शीर्षकमा कति बजेट खर्च भएको भन्ने सार्वजनिक नगर्दा सडकमा उत्रिने युवाहरुलाई मसला बनेको छ।

सरकारले कोरोना नियन्त्रणका हरेक काममा सेना अघि सार्दा पनि सरकार विवादित बनेको छ। सेनाले जिटूजी मार्फत चीनबाट खरिद गरेको मेडिकल सामाग्रीमा एक अर्बभन्दा धेरै अनियमिता गरेको विषयले समेत सरकारलाई अप्ठयारो पारेको छ। सेनाले जिटूजी मार्फत खरिद गरेका १५ आइटमका मेडिकल सामाग्री तथा मेसिनमा मात्रै हालको बजार मूल्यभन्दा बढी तिरेको देखिएपछि आशंका जन्माएको छ।

लकडाउन भए लगतै भारतीय सीमा अलपत्र भएका नेपालीलाई समयमै ल्याएर परीक्षण गर्न नसक्दा कोरोना संक्रमितको संख्या बढेको छ। लकडाउन भएको झण्डै तीन महिनासम्म सबै नेपालीको कोरोना परीक्षण गरी सक्नुपर्नेमा अझै भारतबाट आएका नेपालीलाई कोरोना परीक्षण गर्न सकिएको छैन। कोरोना परीक्षणको दायरा बढाउन भन्दै युवाहरुले सडकमा आन्दोलन गरिरहेका छन्।

सडकमा काग्रेस आउँदा झन् समस्या
कोरोना नियन्त्रणमा सरकार असफल हुनुका साथै अनियमितता बढ्दै गएको भन्दै युवाहरु स्वतःस्फूर्त रुपमा सडकमा उत्रिएका छन्। दैनिक जसो युवाहरु बालुवाटार माइतीघर, बानेश्वर लगायत क्षेत्रमा प्रदर्शन गरिरहेका छ्न्। राजधानीमा मात्रै सिमित सरकारको विरोधी आन्दोलन उपत्यका बाहिरका सडकमा समेत सल्किएको छ।

सडकमा उत्रिएका युवाहरुले पिसीआर टेष्ट बढाउनुपर्ने, खर्च गरिएको १० अर्ब हिसाब देखाउनुपर्ने, क्वारेन्टाइनमा बसेका सबैको पिसीआर टेष्ट गर्नुपर्ने आवाज उठाएका छन्। कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै एकपछि अर्को गर्दै युवाहरु सडकमा थपिने क्रम बढेको छ।

सरकारले सडकमा उठेको आवाजलाई सम्बोधन गर्नेभन्दा दमनको नीति लिएको भन्दै जनता समाजवादीले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी विरोध जनाएको छ। स्वतःस्फूर्त रुपमा उत्रिएका युवालाई प्रहरीले दमन गरेको भन्दै जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरले घोर भर्त्सना गरेका छन्। सडकमा उत्रिएका युवालाई अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहाराले हान्नु निन्दनीय भएको भन्दै जसपाले आपत्ति जनाएको छ।

सरकार कोरोना नियन्त्रणमा पूर्ण रुपमा असफल भएको भन्दै कांग्रेसले असार २ गतेदेखि चरणबद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ। कोरोना नियन्त्रणको नाममा सरकारले अर्बौ रुपैयाँ खर्च भए पनि जनता प्रताडित भएको भन्दै काग्रेसले आपत्ति जनाएको छ। सडकमा उत्रिएका युवामा कांग्रेस पनि मिसिएपछि सरकार विरोधी आन्दोलनले उग्र रुप लिने देखिएको छ।

नक्साले मात्रै ओली सरकार थेग्न गाह्रो
प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेर आफ्नो राष्ट्रवादी छबी उँचो बनाए। नेपालको वास्तविक भू–भाग समेटिएको नक्सा सहितको निशानमा परिवर्तन गर्न संविधान संशोधन दोस्रो विधेयक पारित गर्ने तयारी छ।

सरकारको यस निर्णयलाई सत्तापक्ष र प्रतिपक्षले एक मुख भई साथ दिए। तर, सरकारले नयाँ नक्सा जारी गरेको क्रेटिड लिन नपाउँदै विरोध सुरु भएको छ। अब सरकारले जारी गरेको नक्साको जस लिएर मात्रै असन्तुष्टिलाई पन्छाउने सम्भावना कम देखिएको छ। सडक र सदनमा उठेका आवाजलाई नै सम्बोधन नगरे झन् अप्ठ्यारो थपिने देखिन्छ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  ०९:५७
  • #सरकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने देउवा र खड्काको तर्फबाट सोमबार छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्चमा पेस गरिएको थियो। दुवै निवेदनलाई यसअघि नै अदालतमा दर्ता भएको कांग्... सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणमा हर्क राईको प्रश्न–‘प्रधानमन्त्रीको निजी भ्रमण हुँदैन, के खान जानुभएको हो, हावा खान जानुभएको हो?’ सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको भ्रमण निजी भ्रमण हुन नसक्ने बताएका हुन् । सोमबार, भदौ ८, २०८३
कानुन जति विशिष्ट हुन्छ, कार्यान्वयन गर्न सहज हुन्छ :मन्त्री चौधरी मन्त्री चौधरीले कानुन कार्यान्वयनका लागि विद्यमान संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गरेर अघि बढ्नुपर्ने बताइन् । मन्त्रालयले सरोका... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
नाडा अटो शो २०२६’ को तयारी पूरा, दुई स्थानमा पार्किङको व्यवस्था सोमबार, भदौ ८, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणमा हर्क राईको प्रश्न–‘प्रधानमन्त्रीको निजी भ्रमण हुँदैन, के खान जानुभएको हो, हावा खान जानुभएको हो?’ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्