रसुवा–रसुवामा सोमबारदेखि नवौँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता सुरु भएको छ । गत बर्ष जस्तै यस बर्ष पनि २३ औँ वन्यजन्तु सप्ताहको अवसर पारेर रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता सुरु गरिएको हो।
खेलकुदको माध्यमबाट संरक्षणमा सहयोग पु¥याउनका लागि जिल्ला समन्वय समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजले संयुक्त रुपमा भलिबल प्रतियोगिताको आयोजना गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मिले बताए । लिग चरणको आधारमा खेलाइएको खेलमा १४ टिमको सहभागिता रहेको छ। आयोजकका अनुसार सक्षम समाज नेपाल, रस्सी भूमि युवा समाज, गोसाइँकुण्ड भार्खु समाज, नौकुण्ड गाउँपालिका, हाकु युवा सोसाइटी, ज्याङलाङ युवा क्लव, भिमेथान युवा समाज, उत्तरगया, आरुखर्क, गुम्बोडाँडा, धुन्चे, जुनतारा युवा सोसाइटी रहेका छन् ।
सोमबार भएको पहिलो खेलमा जुनतारा युवा सोसाईटिले रस्सिभुमे युवा समाजलाई २५–१०, २०–२५ र ३४–३३ को सोझो सेटले पराजित गरेको छ । दोस्रो खेलमा नौकुण्ड गाउँपालिकाले उत्तरगयालाई २५–१९, र २५–२१ को सोझो सेटले पराजित गरेको छ । त्यस्तै तेस्रो खेलमा हाकु युवा सोसाइटीले भिमेथानलाई २५–१३ र २५–२१ को सोझो सेटले पराजित गरेको छ । यस्तै चौथा खेलमा सक्षम समाज नेपाल धुन्चेले भिमसेन धुन्चेलाई २५–२१ र २५–१७ को सोझो सेटले पराजित गरेको छ ।
७ गतेसम्म संचालन हुने प्रतियोगितामा पहिलो हुनेलाई ७५ हजार, दोस्रो हुनेलाई ४० हजार, तेस्रो हुने २० र सान्त्वना हुनेलाई १० हजार नगद सहित ट्रफ्रि, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।