• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

क्वारेन्टाइन बसेकालाई किन खुवाइयो कसम?

'सरकारको दायित्व राहदानी दिनु र कर असुल्नु मात्रै'
64x64
दुर्गा दुलाल शुक्रबार, जेठ ३०, २०७७  १६:१०
1140x725
फाइल तस्बिर

काठमाडौं- ‘म समुदायमा हेलमेल हुने छैन। परिवार र अन्यको प्रत्यक्ष सम्पर्कमा रहने छैन, घरमै बस्छु।’ झट्ट सुन्दा यो वाचाकसम कुनै परिवारका सदस्यले धेरै बाहिर हिँडिरहने मानिसलाई खुवाउने झैं देखिन्छ। यदि तपाईले यो सोच्नु भयो भने यो गलत ठहर हुनेछ। यो कसम हो भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्तिलाई घर पठाउँदा खुवाउने कसम।  

कर्णाली प्रदेशको दैलेख जिल्लाका नगरपालिकाहरूमा कोरोना बिरामीलाई यही कसम खुवाउँदै घर पठाउँदै गर्न थालेका छन्। भारतबाट फर्केका अधिकांशमा कोरोना संक्रमण देखिन थालेपछि पिसिआर परीक्षण नगर्नू भनी सरकारले निर्देशन दिएपछि अविश्वसनीय आरडिटी परीक्षण गर्दै कसम खुवाउँदै घर पठाउने गरेका हुन्। 

दैलेखेको सबैभन्दा धेरै संक्रमित रहेको स्थानीय तह हो नारायण नगरपालिका। नारायाण नगरपालिकामा मात्र १९४ जना कोरोना पोजेटिभ रहेका छन्। हालसम्म ३ सय जनाको मात्र पिसिआर परीक्षण भएको छ। दैलेख जिल्लामा मात्र ४ सय ४१ जना कोरोना संक्रमित रहेका छन्। उक्त जिल्लामा एक जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

यसरी क्वारेन्टाइनमा बसेकाहरुलाई कसम खुवाएर पठाउने गरेको नगरपालिका मेयर  रत्नप्रसाद खड्काले बताए। स्वास्थ्य मन्त्रालयले नै लामो समय क्बारेनटाइनमा बसेको र कुनै लक्षण नदेखिएको व्यक्तिलाई घर पठाउन सकिने परिपत्र गरेपछि आफूहरुले पठाएको उनको भनाइ छ। 

‘मन्त्रालयले नै लामो समय बसेका र लक्षण नभएका बिरामी भएमा घरमै होम क्वारेन्टाइनमा बस्न सक्ने गरी पठाउनु भन्यो,’ मेयर खड्काले भने, ‘हामीले आरडिटी गरेर नेगेटिभ आएकालाई समुदायमा नजाने कसम खुवाएर पठायौं।’ 

कम्तीमा १० दिन राखेपछि आरडिटी गरेर घर पठाउने गरिएको उनले बताए। तर सरकराले फेरि परिर्वतन गरेर १४ दिन राखेर परीक्षण गरेर होम क्वारेनटाइनमा पठाउन भनेकाले अहिले यही प्रक्रिया चलेको मयर खड्काले बताए।

नगरपालिकामा १९४ जनाको पिसिआर पोजेटिभ आएको छ भने ८५ जनाको आरडिटी पोजेटिभ छ। हालसम्म १६ सय ३७ जनालाई क्वारेन्टाइनमा राखिएको मेयर खड्काले बताए। अब ५२९ जना  क्वारेन्टाइनमा रहको उनले जानकारी दिए। 

भारतबाट आउनेक्रम चलिरहेकाले यो संख्या अझै बढ्ने भएकाले र नगरपलिकाले क्वारेन्टाइन निर्माण गरेका विभिन्न विद्यालयलाई आइसोलेसनमा परिणत गरेर उपचार गराइरहेको उनले बताए। नगरभित्रको सरस्वती माविमा, त्रिभुवन मावि, महेन्द्र र कोटथाप्दा माविमा  पिसिआर पोजेटिभ आएकालाई उपचार गरिँदै आएको छ।  नगरापलिकाले २१ वटा क्वारेन्टाइन बनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

एक जना डाक्टरबाट कसरी उपचार हुन्छ? 
मेयर खड्काले केन्द्र सरकारले आफूहरूलाई वेवास्ता गरेको बताए। जिल्ला अस्पतालका एक जना डाक्टरले नगरका सबै बिरामी हेर्नुपर्ने अवस्था रहेको बताए। ‘स्वास्थ्यकर्मी अभाव भयो,’ उनले भने, ‘जिल्ला अदालतले राउन्डमा हेर्ने काम गरिरहेको छ। दक्ष डाक्टर चाहियो। मोबाइल टिम गठन गरेर भएपनि केन्द्रले पठाउनु पर्‍यो?’ 

जिल्लाकै अर्को प्रभावित स्थानीय तह हो दुल्लु। कर्णालीमा कोरोना संक्रमणबाट पहिलोपटक ज्यान गुमाउने स्थानीय तह दुल्लु थियो। हाल दुल्लुमा ४९ जना संक्रमित छन्। ३ जनाले कोरोना जितेर फर्केका छन्। यसरी कोरोना जित्नेमा २ वर्षका बालक, ३३ वर्षकी गर्भवती र अर्की एक महिला छन्।

दुल्लु नगरपालिकाले पनि नारायण नगरपालिकाझैं मानिसहरुलाई क्वारेन्टाइनबाट घर पठाउने अभियान शुरु गरेको छ। हालसम्म २१ सय ५ जनालाई क्वारेन्टाइनबाट घर फर्काइएको मेयर घनश्याम भण्डारीले बताए। हालसम्म नगरले ७ सय पिसिआर परीक्षण गरेको छ भने १७ सय ५१ आरडिटी गरिएको उनले बताए।

हालसम्म नगरको क्वारेन्टाइनमा २ हजार ९ सय ७  जना बसेका छन्। संक्रमितमध्ये एक जनालाई कोरोना अस्थायी अस्पतालको आइसोलेसन र अन्य ४३ जनालाई क्वारेन्टाइनको आइसोलेसनमा राखेर उपचार गरिरहेको मेयर भण्डारीले बताए।

सरकारको दायित्व नागरिकता र राहदानी दिने र कर असुल्ने मात्रै
केन्द्र सरकारले आफूहरुलाई वेवास्ता गरेको उनले बताए। केन्द्र सरकारले जसरी नागरिकहरुको उपचार गर्ने हो त्यसको दायित्व नलिएको आरोप मेयर भण्डारीले लगाए। 

‘संघीय सरकारले  सहयोग  गरेन, उसको काम राहदानी र नागरिकता मात्र दिने र पैसा अशुल्नेमा नै सीमित भएको छ,’ उनले भने, ‘विदेश पठाउँदा श्रम स्वीकृतीका लागि २०–२० हजार लिएको छ नि त्यो पैसा अहिले खर्च गरे हुँदैन।’ अहिले दुल्लु अस्पतालमा  पिसिआर मेसिन जोडिने तयारी रहेको उनले बताए। पिसिआर मेसिन जडान भएपछि सहज हुने उनको विश्वास छ। नगरले एम्बुलेन्स तयारी अवस्थामा राखेको पनि उनले बताए। 

समुदायमा फैलिएको छैन 
कोरोना भाइरसको संक्रमण पहिलो चरणमा भएको दाबी दुई स्थानीय तहका प्रमुखले समुदायस्तरमा नपुगेको दाबी उनको छ। ‘भारतबाट आएका बाहेक अन्यमा कोरोना संक्रमण देखिएको छैन,’ नारायण नगरका  मेयर खड्काले भने, ‘समुदायमा नपुगेकाले हामी पहिलो अवस्थामै छौ।’ 

भारतबाट आउने सबैलाई स्थानीय तहले उद्धार गरेर ल्याएका कारण उनीहरुबाट समुदायमा नफैलिएको उनीहरुको दाबी छ।  

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १६:१०
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
संयुक्त राष्ट्रसंघको महासभा सुरु, गुटेरेसले औंल्याए मेसिनदेखि युद्धदेखिसम्मको जोखिम, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्