• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

क्वारेन्टाइन बसेकालाई किन खुवाइयो कसम?

'सरकारको दायित्व राहदानी दिनु र कर असुल्नु मात्रै'
64x64
दुर्गा दुलाल शुक्रबार, जेठ ३०, २०७७  १६:१०
1140x725
फाइल तस्बिर

काठमाडौं- ‘म समुदायमा हेलमेल हुने छैन। परिवार र अन्यको प्रत्यक्ष सम्पर्कमा रहने छैन, घरमै बस्छु।’ झट्ट सुन्दा यो वाचाकसम कुनै परिवारका सदस्यले धेरै बाहिर हिँडिरहने मानिसलाई खुवाउने झैं देखिन्छ। यदि तपाईले यो सोच्नु भयो भने यो गलत ठहर हुनेछ। यो कसम हो भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्तिलाई घर पठाउँदा खुवाउने कसम।  

कर्णाली प्रदेशको दैलेख जिल्लाका नगरपालिकाहरूमा कोरोना बिरामीलाई यही कसम खुवाउँदै घर पठाउँदै गर्न थालेका छन्। भारतबाट फर्केका अधिकांशमा कोरोना संक्रमण देखिन थालेपछि पिसिआर परीक्षण नगर्नू भनी सरकारले निर्देशन दिएपछि अविश्वसनीय आरडिटी परीक्षण गर्दै कसम खुवाउँदै घर पठाउने गरेका हुन्। 

दैलेखेको सबैभन्दा धेरै संक्रमित रहेको स्थानीय तह हो नारायण नगरपालिका। नारायाण नगरपालिकामा मात्र १९४ जना कोरोना पोजेटिभ रहेका छन्। हालसम्म ३ सय जनाको मात्र पिसिआर परीक्षण भएको छ। दैलेख जिल्लामा मात्र ४ सय ४१ जना कोरोना संक्रमित रहेका छन्। उक्त जिल्लामा एक जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

यसरी क्वारेन्टाइनमा बसेकाहरुलाई कसम खुवाएर पठाउने गरेको नगरपालिका मेयर  रत्नप्रसाद खड्काले बताए। स्वास्थ्य मन्त्रालयले नै लामो समय क्बारेनटाइनमा बसेको र कुनै लक्षण नदेखिएको व्यक्तिलाई घर पठाउन सकिने परिपत्र गरेपछि आफूहरुले पठाएको उनको भनाइ छ। 

‘मन्त्रालयले नै लामो समय बसेका र लक्षण नभएका बिरामी भएमा घरमै होम क्वारेन्टाइनमा बस्न सक्ने गरी पठाउनु भन्यो,’ मेयर खड्काले भने, ‘हामीले आरडिटी गरेर नेगेटिभ आएकालाई समुदायमा नजाने कसम खुवाएर पठायौं।’ 

कम्तीमा १० दिन राखेपछि आरडिटी गरेर घर पठाउने गरिएको उनले बताए। तर सरकराले फेरि परिर्वतन गरेर १४ दिन राखेर परीक्षण गरेर होम क्वारेनटाइनमा पठाउन भनेकाले अहिले यही प्रक्रिया चलेको मयर खड्काले बताए।

नगरपालिकामा १९४ जनाको पिसिआर पोजेटिभ आएको छ भने ८५ जनाको आरडिटी पोजेटिभ छ। हालसम्म १६ सय ३७ जनालाई क्वारेन्टाइनमा राखिएको मेयर खड्काले बताए। अब ५२९ जना  क्वारेन्टाइनमा रहको उनले जानकारी दिए। 

भारतबाट आउनेक्रम चलिरहेकाले यो संख्या अझै बढ्ने भएकाले र नगरपलिकाले क्वारेन्टाइन निर्माण गरेका विभिन्न विद्यालयलाई आइसोलेसनमा परिणत गरेर उपचार गराइरहेको उनले बताए। नगरभित्रको सरस्वती माविमा, त्रिभुवन मावि, महेन्द्र र कोटथाप्दा माविमा  पिसिआर पोजेटिभ आएकालाई उपचार गरिँदै आएको छ।  नगरापलिकाले २१ वटा क्वारेन्टाइन बनाएको छ। 

Ncell 2
Ncell 2

एक जना डाक्टरबाट कसरी उपचार हुन्छ? 
मेयर खड्काले केन्द्र सरकारले आफूहरूलाई वेवास्ता गरेको बताए। जिल्ला अस्पतालका एक जना डाक्टरले नगरका सबै बिरामी हेर्नुपर्ने अवस्था रहेको बताए। ‘स्वास्थ्यकर्मी अभाव भयो,’ उनले भने, ‘जिल्ला अदालतले राउन्डमा हेर्ने काम गरिरहेको छ। दक्ष डाक्टर चाहियो। मोबाइल टिम गठन गरेर भएपनि केन्द्रले पठाउनु पर्‍यो?’ 

जिल्लाकै अर्को प्रभावित स्थानीय तह हो दुल्लु। कर्णालीमा कोरोना संक्रमणबाट पहिलोपटक ज्यान गुमाउने स्थानीय तह दुल्लु थियो। हाल दुल्लुमा ४९ जना संक्रमित छन्। ३ जनाले कोरोना जितेर फर्केका छन्। यसरी कोरोना जित्नेमा २ वर्षका बालक, ३३ वर्षकी गर्भवती र अर्की एक महिला छन्।

दुल्लु नगरपालिकाले पनि नारायण नगरपालिकाझैं मानिसहरुलाई क्वारेन्टाइनबाट घर पठाउने अभियान शुरु गरेको छ। हालसम्म २१ सय ५ जनालाई क्वारेन्टाइनबाट घर फर्काइएको मेयर घनश्याम भण्डारीले बताए। हालसम्म नगरले ७ सय पिसिआर परीक्षण गरेको छ भने १७ सय ५१ आरडिटी गरिएको उनले बताए।

हालसम्म नगरको क्वारेन्टाइनमा २ हजार ९ सय ७  जना बसेका छन्। संक्रमितमध्ये एक जनालाई कोरोना अस्थायी अस्पतालको आइसोलेसन र अन्य ४३ जनालाई क्वारेन्टाइनको आइसोलेसनमा राखेर उपचार गरिरहेको मेयर भण्डारीले बताए।

सरकारको दायित्व नागरिकता र राहदानी दिने र कर असुल्ने मात्रै
केन्द्र सरकारले आफूहरुलाई वेवास्ता गरेको उनले बताए। केन्द्र सरकारले जसरी नागरिकहरुको उपचार गर्ने हो त्यसको दायित्व नलिएको आरोप मेयर भण्डारीले लगाए। 

‘संघीय सरकारले  सहयोग  गरेन, उसको काम राहदानी र नागरिकता मात्र दिने र पैसा अशुल्नेमा नै सीमित भएको छ,’ उनले भने, ‘विदेश पठाउँदा श्रम स्वीकृतीका लागि २०–२० हजार लिएको छ नि त्यो पैसा अहिले खर्च गरे हुँदैन।’ अहिले दुल्लु अस्पतालमा  पिसिआर मेसिन जोडिने तयारी रहेको उनले बताए। पिसिआर मेसिन जडान भएपछि सहज हुने उनको विश्वास छ। नगरले एम्बुलेन्स तयारी अवस्थामा राखेको पनि उनले बताए। 

समुदायमा फैलिएको छैन 
कोरोना भाइरसको संक्रमण पहिलो चरणमा भएको दाबी दुई स्थानीय तहका प्रमुखले समुदायस्तरमा नपुगेको दाबी उनको छ। ‘भारतबाट आएका बाहेक अन्यमा कोरोना संक्रमण देखिएको छैन,’ नारायण नगरका  मेयर खड्काले भने, ‘समुदायमा नपुगेकाले हामी पहिलो अवस्थामै छौ।’ 

भारतबाट आउने सबैलाई स्थानीय तहले उद्धार गरेर ल्याएका कारण उनीहरुबाट समुदायमा नफैलिएको उनीहरुको दाबी छ।  

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १६:१०
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ ८, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो : शेखर कोइराला बिहीबार, माघ ८, २०८२
विध्वंस मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छाडिन्छ : ओली बिहीबार, माघ ८, २०८२
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्