• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २७, २०८२ Sat, Dec 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री ओलीका तीन भ्रामक र गलत दाबी

दीपक अधिकारी बिहीबार, जेठ २९, २०७७  २२:१६
1140x725
तस्बिर स्रोत : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा गरेको सम्बाेधनकाे भिडियाे स्क्रिनसट

काठमाडौं- प्रधानमन्त्री के पी शर्मा ओलीले सरकारले पेश गरेको आर्थिक वर्ष २०७७/७८ को बजेट र कोभिड–१९ नियन्त्रणका लागि सरकारको प्रयास लगायतका विषयमा गत जेठ २८ गते  प्रतिनिधिसभामा आफ्ना भनाइ राखेका थिए। त्यस क्रममा झण्डै १ घन्टा उनले आफ्नो मन्तव्य राखेका थिए भने ४५ मिनेट सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए।

आफ्ना विचार राख्ने क्रममा उनले अपुष्ट र अप्रमाणित दाबी पेश गरेका थिए। उनका त्यस्ता दाबीमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न उठाएका थिए भने पत्रपत्रिकामा समाचार प्रकाशित भएको थियो। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा बोल्ने क्रममा गरेका दाबीमध्ये तीन वटा गलत र भ्रामक रहेको पाइएको छ। ती दाबीको हामीले तथ्य जाँच गरेका छौ।

पहिलो दाबी
'अहिले पनि अन्यत्रभन्दा पिसिआर (पोलिमरेस चेन रियाक्सन) टेस्ट भएन भनेर साथीहरुले कुरा उठाइरहनुभएको छ। प्रति दश लाख टेस्टमा भुटानभन्दा पछि छौ। भुटानको जनसंख्या पनि थोरै छ। उसले सीमा लकडाउन गरेको छ। उसका मान्छे बाहिर कम थिए। त्यसबाहेक अरु देशभन्दा अगाडि छौ अहिले पनि।'

प्रधानमन्त्री ओलीको यो भनाइ त्यतिबेला आएको छ, जतिखेर काठमाडौँ लगायका शहरमा पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने सहितका माग गर्दै व्यापक प्रदर्शन भइरहेको छ। सांसदहरुले समेत पिसिआर परीक्षण बढाउनुपर्ने माग गरेका छन्। प्रधानमन्त्री ओलीले नै संसदमा पेश गरेको तथ्यांक अनुसार जेठ २८ गतेसम्म १ लाख ६ हजार ३ सय ३० पिसिआर विधिबाट र १ लाख ६६ हजार १ सय ५८ र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण गरिएको छ। आरडिटी विधिबाट गरिने परीक्षण भरपर्दो नभएकोले पिसिआर परीक्षण पनि गर्नुपरेका विवरणहरु आएका छन्। नेपालको दैनिक परीक्षण दर अहिले पनि ४/५ हजार हाराहारी छ।

प्रधानमन्त्री ओलीले गरेको दाबी दक्षिण एसियाली मुलुकमध्येमा मान्ने हो भने पनि नेपालको भन्दा माल्दिभ्सको परीक्षण दर उच्च रहेको छ। यससम्बन्धी तथ्यांक राख्ने वल्डओमिटरका अनुसार प्रति दश लाखमा नेपालको परीक्षण दर ९७४५ छ भने भुटानको २६,४५५ छ। तर अर्को दक्षिण एसियाली मुलुक माल्दिभ्सको प्रति दश लाखमा परीक्षण दर ५३,५९६ रहेको छ। त्यसैले ओलीको उक्त दाबी गलत छ।

दोस्रो दाबी
'हामीले थाहा पाउनुपर्छ नेपालको भूगोल। मरुभुमिजन्य ठाउँबाट तातो हावा आयो भने हिमालमा पुग्नु अघि त्यो चिसो भइसक्छ। हिमालमा ठोक्किनुभन्दा अघि त्यो कायल भइसक्छ। हिमालमा ठोक्किसक्दाखेरी त्यो बरफ भएर बग्ने स्थितिमा पुग्छ। त्यो फर्किएको हावामा सास फेरेका नेपालीहरु …। यो वैज्ञानिक कुरा हो।'

भूगोल, मरुभुमि, वायु प्रणाली र जलवायुजस्ता जटिल र अन्तरसम्बन्धित विषयलाई सामान्यीकरण गरेर प्रधानमन्त्री ओलीले भ्रामक दाबी गरेको विज्ञहरुले बताएका छन्। भूगोल बारे थाहा पाउनुपर्ने र वैज्ञानिक कुरा जस्ता शब्दावली प्रयोग गर्दै ओलीले दाबी गरेपनि उनमा यस विषयको आधारभूत जानकारी नभएको एक विज्ञले बताए। उनका अनुसार नेपालमा करीब ४ महिना वर्षा हुनका लागि मनसुनमा भर पर्नुपर्छ जुन अरब समुद्र र बंगालको खाडिबाट यहाँ भित्रिन्छ। नेपालका विभिन्न ठाउँको तापक्रमलाई हावाको स्रोत, त्यसको भूबनोट (उचाइसहित) जस्ता कुराले असर गर्छ। यसैले गर्दा नेपालमा ठाउँ अनुसार फरक- फरक तापक्रम पाइन्छ।  हिउँदमा नेपालको पश्चिमबाट आउने हावाले पानी पार्नुका साथै हिउँ पार्छ। 'पहिलो कुरा त हावा त्यसरी मरुभूमिबाट सिधै हिमाल पुग्दैन,' उनले भने। 'पहिले त्याे चुरेमा ठोकिन्छ  । त्यसपछि महाभारत लेक अनि मध्य पहाडमा पुग्छ। र, अन्त्यमा हिमालमा पुग्छ,' उनले भने, 'तातो हावा सिधै हिमालमा ठोक्किँदैन। अनि, तापक्रम त्यस ठाउँको उचाइमा भर पर्छ। जहाँसम्म बरफ बन्ने कुरा छ, हिउँ पग्लिएर पानी बन्छ र त्यो बगेर जान्छ।'

उनका अनुसार प्रधानमन्त्री ओलीको भनाइमा विज्ञान बारेको बुझाइको कमी र वैज्ञानिक शोधबारे अबुझपन झल्किन्छ।

Ncell 2
Ncell 2

वायुमण्डलसम्बन्धी वैज्ञानिक अशोक पोखरेलले पनि प्रधानमन्त्री ओलीको दाबी आधारहीन भएको बताए। 'मरुभुमिको तातो हावा भनेपछि त्यो सुख्खा हुने भयो जसमा आर्द्रता हुँदैन। त्यस्तो हावाले पानी पार्ने सम्भावना हुँदैन। बरफ भएर बग्छ भन्नु गलत हो,' अमेरिकाको वेदर एक्स्ट्रीम नामक कम्पनीमा कार्यरत वैज्ञानिक पोखरेलले साउथ एसिया चेकलाई बताए।

  • प्रधानमन्त्री ओलीका काेराेना भाइरस बारे पाँच गलत र भ्रामक दाबी

तेस्रो दाबी
'नेपालीहरुको भान्सामा पाउरोटीमा बटर दलेर खाने हैन। दाल, चामल, मकै, भटमास, यी अनेक चिज हुन्छन् र बेसार अनिवार्य। जिरा, धनिया, प्याज, लसुन अनिवार्य हुन्छ। नुन अनिवार्य हुन्छ, खुर्सानी अनिवार्य हुन्छ। हरेक दिन ‌औषधि खाएर प्रतिरोध क्षमता बढाएको नेपाली। यसको प्रतिरोध क्षमता माथि हुन्छ भन्ने स्वत: सिद्ध हुन्छ।'

प्रधानमन्त्री ओलीले केही समययता नेपालीको प्रतिरोधी क्षमताका कारण कोभिड–१९ बाट संक्रमित हुनेको संख्या कम भएको दाबी गर्दै आएका छन्। दिनहुँ बढिरहेको संक्रमण दरले उनको दाबी झुठो सावित गरेको छ। तर प्रधानमन्त्रीले हालसम्म प्रमाणित नभएको कुराको स्रोतबारे प्रश्न गर्दा त्यो दाबीको स्रोत आफैँ भएको बताएका छन्। नेपालीको खानपानमा पाइने उल्लेखित चिज स्वास्थ्यबर्धक भएपनि तिनले कोभिड–१९ विरुद्ध रोग प्रतिरोधी क्षमता बढाउँछन् भन्ने कुनै आधार नभएको विज्ञहरु बताउँछन्।

'यसले इम्यनिटी पावर बढाउँछ भन्न मिल्दैन किनभने यसको कुनै वैज्ञानिक आधार छैन,' डा पुष्पमणि खरालले साउथ एसिया चेकलाई बताए, 'सागसब्जी र फलफुलमा भिटामिन सी र एन्टी अक्सीडेन्ट (शरीरका कोशिकालाई हानि गर्नबाट रोक्ने पदार्थ) हुने भएता पनि लसुन, प्याज खाँदा रोगसँग लड्ने क्षमता बढ्छ भन्ने वैज्ञानिक आधार छैन।' नेपालका एक बरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले नेपाल लाइभसँगको एक अन्तरवार्तामा त्यस्तो दाबी गलत र भ्रमपूर्ण भएको बताएका छन्। 'हामीसँग त्यस्तो नौलो, विशिष्ठ गुण छैन कि कोरोनाले नछोओस्,' उनले भने।

विश्व स्वास्थ्य संगठनले समेत लसुनजस्ता खानेकुराको सेवनबाट कोभिड–१९ को संक्रमणलाई राेक्न नसकिने बताएको छ। उसले भनेको छ, 'लसुन स्वास्थ्यवर्धक खानेकुरा हो र यसमा केही सुक्ष्म जीवाणुनासक तत्व हुन्छन् तर यसले कोरोना भाइरसबाट बचाउँछ भन्ने पुष्टि भएको छैन।'

ओलीको याे दाबी गलत हाे भन्ने अरु दुई आधार पनि छन्। अधिकांश नेपालीले विदेशमा रहँदा पनि नेपाली खानपान नै गर्छन्। तर हालसम्म कम्तिमा १ सय २१ नेपालीको विदेशमा कोभिड–१९ का कारण मृत्‍यु भइसकेको छ। नेपालकै जस्ताे खानपान भएका नेपालका छिमकी भारत र चीनमा समेत ठूलो संख्यामा कोभिड–१९ का कारण मृत्‍यु भएकाले ओलीले उल्लेख गरेका खानेकुराले नेपालीको रोग प्रतिरोधी क्षमता बढाएको भन्ने कुनै आधार देखिँदैन।

(यो सामग्री साउथ एसिया चेकबाट लिइएको हो।)

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  २२:१६
  • #ओलीका_भ्रामक_दाबी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
राष्ट्रिय सहमतिबाटै राजसंस्था पुनर्स्थापित हुनुपर्छ : राप्रपा
शीतल निवासमा नवनियक्त ४ मन्त्रीले लिए शपथ
सम्बन्धित सामग्री
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला नेकपा एमाले ११ औं महाधिवेशनको संघारमा आइपुग्दा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले गतिविधि तीव्र पारेका छन... शुक्रबार, मंसिर २६, २०८२
नुवाकोट-१ बाट चुनाव लड्ने काँग्रेस प्रवक्ता महतको घोषणा महाराजगञ्जमा शुक्रबार बिहान पत्रकारहरूसँगको छलफलका क्रममा प्रवक्ता महतले भने, ‘नुवाकोट–१ बाट निर्वाचन लड्छु । क्षेत्रीय समितिले सर्व... शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नयाँ मन्त्रीको शपथ... शुक्रबार, मंसिर २६, २०८२
ताजा समाचारसबै
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान शुक्रबार, मंसिर २६, २०८२
राष्ट्रिय सहमतिबाटै राजसंस्था पुनर्स्थापित हुनुपर्छ : राप्रपा शुक्रबार, मंसिर २६, २०८२
शीतल निवासमा नवनियक्त ४ मन्त्रीले लिए शपथ शुक्रबार, मंसिर २६, २०८२
अहिलेको अवस्थाबाट निकाश पाउन निष्पक्ष निर्वाचन सम्पन्न हुनुपर्छ : राष्ट्रपति पौडेल शुक्रबार, मंसिर २६, २०८२
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि-छविको मुद्दा हेर्न नमिल्नेमा बिहीबार, मंसिर २५, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
कुलमान र हितेन्द्रबीच भेट बिहीबार, मंसिर २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्