काठमाडौं- चन्द्रागिरी केवलकार ‘चन्द्रागिरी हिल्स’ ले स्थानीय सर्वासधारणको लागि १८ लाख ४० हजार ९ सय १० कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
यसमध्ये स्थानीय प्रभावितको लागि दुई प्रतिशत अर्थात् तीन लाख ६ हजार ८ सय १९ कित्ता निष्काशन गर्नेछ। त्यस्तै सर्वसाधारणको लागि १० प्रतिशत अर्थात् १५ लाख ३४ हजार ९१ कित्ता निष्काशन गर्नेछ। प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक खर्ब ५३ करोड रुपैयाँ पुग्नेछ।
कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीले ९ औ वार्षिक साधारणसभाबाट प्राथमिक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीको प्रमुख शेयरधनीहरुमा चन्द्र प्रसाद ढकाल, हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल, नवराज नेपाल र कल्याण गुरुङ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।