काठमाडौं- बुधबार थप १८७ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
तर पछिल्लो समय कुन अस्तपालबाट कति जना डिस्चार्ज भए भन्ने चाहिँ प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएनन्।
योसहित नेपालमा हालसम्म ८६१ जना उपचारपछि निको भएका छन्।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
यसको संक्रमणका कारण हालसम्म नेपालमा १५ जनाको भने मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।