काठमाडौं- पाँचपोखरी थाङ्गपालधाप गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले आफ्ना सबै सेवा बन्द गरेको छ।
बुधबार गाउँपालिकाले जारी गरेको सूचनामा जेठ २८ गतेदेखि असार १ गतेसम्म अर्को सूचना नआएसम्मका लागि भन्दै गाउँपालिका कार्यालय र वडा कार्यालयहरू सम्पुर्ण बन्द हुने जानकारी गराएको हो।
कोरोना संक्रमण देखिएका दुई जनालाई पुनः परीक्षण गर्नुपर्ने देखिएकाले सबै सेवा बन्द गर्नुपरेको निमित्त प्रशासकीय अधिकृत संजय कुमार सिंहले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ। सर्वसाधारणप्रति पर्न गएको असहजताप्रति गाउँपालिकाले क्षमा मागेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।