काठमाडौं– केही युवाहरूले जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको काठमाडौंस्थित निवासअगाडि विरोध प्रर्दशन गरेका छन्। कालो झण्डा लिएर नाराबाजी गरेका युवाहरूले सांसद गिरी राष्ट्रघाती रहेको बताएका छन्।
‘राष्ट्रवादी जनता जिन्दावाद, सरिता गिरी मुर्दावाद’ भन्दै नाराबाजी गर्ने युवाहरूको परिचय खुल्न सकेको छैन। सांसद गिरीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा सार्वजनिक गर्ने सरकारको निर्णयप्रति असहमत हुँदै आजमात्र सदनमा सो निर्णयका विरुद्ध प्रस्ताव दर्ता गरेकी थिइन्।
उनलाई उनीसम्वद्ध दलले प्रस्ताव फिर्ता लिन आग्रह पनि गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।