• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ ८, २०८३ Fri, May 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

ला लिगामा शून्यबाट सयतिर

जस बोर्दालास बुधबार, जेठ २८, २०७७  १४:२९
1140x725

जब कोरोना भाइरस महामारी र त्यससँगै सुरु भएको लकडाउनले स्पेनमा नराम्रोसँग प्रभाव पारिरहेको थियो, तब असाध्यै चिन्ता लागिरहेको थियो। केही सयमसम्म त धेरैको अनुमान थियो कि ला लिगा अब यत्तिकै सकिन्छ। 

हामी त्यो समय निकै निराशावादी भइरहेका थियौँ। तर विस्तारै विस्तारै मानिसहरु ठीक हुँदै गए। कोरोनाको जोखिम पनि विस्तारै कम हुँदै गयो। र फुटबललाई लिएर पनि निर्णय भयो अब ला लिगा हुन्छ। 

सुरु सुरुमा सानो समूहमा फुटबल अभ्यास गर्दा अनौठो भइरहेको थियो। विस्तारै त्यसमा पनि सुधार हुँदै गयो। गएको हप्तादेखि त हामी सामूहिक रुपमा नै अभ्यासमा सामेल भइरहेका छौँ। अब सबै कुरा नियन्त्रणमा छ जस्तो नै लाग्छ। 

हामी असाध्यै नाजुक गतिमा शून्यबाट सयसम्म गयौँ। अब हिँड्दै गर्दा हामी अगाडिका लागि पनि नयाँ बाटो बनाउँदै छौँ। 

हामी अहिले राति अबेर पनि खेलाडीहरुसँग कुराकानी गरिरहेका हुन्छौँ। जे जस्तो अवस्था आइरहेको छ त्यो सबैलाई विचार गरेर क्लबका अध्यक्षसँग कसरी अगाडि बढ्ने भन्नेबारे कुराकानी हुन्छ। जस्तो कि, मड्रिडमा हामी बस्ने भनिएको होटल अभ्यास सुरु हुने बेलामा पनि पुनः सञ्चालनमा आइसकेको थिएन। तत्कालै होटल सञ्चालन गरिहाल्ने जस्तो कुनै योजना पनि थिएन। हामी आफै मात्रै पनि कुनै होटलमा बस्न सक्ने स्थिति थिएन। किनभने होटलमा बसेर मात्र पनि भएन, उचित खानपानको व्यवस्था गर्न सक्नुपर्छ। प्रत्येक खेलअघि कस्तो खानेकुरा खाने पनि तालिकाअनुसार काम गर्नुपर्छ। 

समाधान गर्नुपर्ने त्यस्ता विषयहरु निकै भए, जुन महत्वपूर्ण देखिँदैनन् तर तीनको महत्व ठूलो परिरहेको हुन्छ। 

हामीसँग समय निकै कम छ, जसले गर्दा तनाव बढी भइरहेको छ। खेलमा कहिले फर्कने होला भनेर उत्सुक त सुरुदेखि नै थियौँ। सुरुमा अहिले भइरहेको फरक परस्थितिमा सबै कुरा अचम्म लाग्न सक्छ। किनभने दर्शकबिनाको रंगशाला त केही हराइरहेको जस्तो नै हुनेछ। हामीहरुको खेल हाम्रा समर्थकको समर्थनमा टिकेको हुन्छ। र खेलमो आइरहेको अवस्थाको परिवर्तन र निरन्तरता पनि दर्शकको समर्थनमा निर्भर रहेको हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

हामी अहिले खेलाडीहरुको निकै नजिक रहेर काम गरिरहेका छौँ र उनीहरुको समस्या बुझेर साथ दिइरहेका छौँ। जो परिवारको साथमा छन् उनीहरुलाई याद गर्नु नपरे पनि एक्लै रहेका धेरै खेलाडीहरुलाई निकै साथ दिनुपर्ने अवस्था अहिले आइरहेको छ। त्यसैले हामीले धेरै चासो दिइरहेका छौँ। 

जस्तो कि जनवरीमा मात्र स्टोकबाट गेटाफे आएका खेलाडी पिटर इटोबोको परिवार संकटको समयमा नाइजेरिया नै फर्किए। यहाँ एक्लै रहेका पिटरलाई हाम्रो साथको खाँचो निकै रह्यो। त्यसैले हामीले उनीसँग नियमित कुराकानी गरिरहेका थियौँ। 

असाध्यै एक्लो र दुःखी महसुस गरिरहेको उनले हामीलाई बताएका थिए। किनभने उनी एक्लै थिए र स्पेनिसमा राम्ररी कुराकानी गर्नसक्ने पनि भइसकेका थिएनन्। उनको अवस्थाले मलाई पनि असाध्यै नराम्रो महसुस भयो। किनभने लकडाउन सुरु हुनुभन्दा अघि उनले मलाई नाइजेरिया जान अनुमति पनि मागेका थिए। तर मैले उनलाई अनुमति दिइनँ। 

किनभने क्लबको नीति नै त्यस्तै थियो। क्लबले कसैलाई पनि घर फर्कने अनुमति नदिनु जो जहाँ छन् त्यही बस्न भन्नु भनेको थियो। हुन पनि रोकिएको लिग कहिले सुरु हुन्छ भन्ने यकिन नहुँदा खेलाडी पठाउन सम्भव पनि थिएन। हामीले कोरोना भाइरसले अवस्था यस्तो खराब हुनेछ भनेर सुरुमा त सोच्दै सोचेनौँ। 

लकडाउनको समयमा बेलाबखत हामीले खेलाडीहरुसँग भिडियोमार्फत कुराकानी पनि गरेका थियौँ। त्यसमा फुटबलकै कुरा गर्ने अवस्था त निकै कम रह्यो। मलाई थाहा छ मैले सधैँ राम्रो ढंगले बुझाउन सकिन पनि होला। तर एक प्रशिक्षकमा रुपमा मात्रै होइन क्लबमा सिनियर भएका हिसाबले पनि मैले खेलाडीदेखि प्रशिक्षण टिमका अरु सदस्यलाई पनि मनोबल गिराउन हुन्न भनेर हौसला दिइरहनु पर्छ। किनभने हामीले सकेसम्म राम्रो मनस्थिति बनाएर फेरि मैदानमा फर्कन त छँदैछ। 

लकडाउनको समयमा खेलाडीहरु अनेक उपाय अपनाएर फिट राखिराख्न हामीले निकै प्रयत्न गरिरह्यौँ। घर बसेर गर्न मिल्ने विभिन्न कामहरु दिइरहेका हुन्थ्यौँ। जसको घरमा नै जिम या अरु वर्कआउट गर्न समस्या थियो उनीहरुलाई हामीले केही सामानहरु पनि दियौँ। जसको उनीहरुले राम्रो प्रयोग गरे। खेलाडीहरुले व्यायाम गरिरहेको भिडियो र उनीहरुको तौलको मापन हामीलाई नियमित रुपमा पठाइरहेका हुन्थे। केही खेलाडीहरुलाई पनि आफ्नो तौलमा नियन्त्रण बनाइराख्न समस्या पनि परेको थियो। 

हामी जब अभ्यासको सुरुवाती चरणमा फर्किएका थियौँ तब फुटबलसँग नै अभ्यास निकै कम थिए। शारीरिक अभ्यासमा धेरै ध्यान दिइएको थियो। हाम्रो विशेष चासो शारीरिक रुपमा फिट रहने हिसाबका व्यायामहरु थिए। केही अभ्यासका विषयहरु नमिल्दा केही खेलाडीमा चोटको समस्या पनि देखियो। हामीले खेलाडीहरुको अवस्था बुझेर प्रशिक्षण गर्नका लागि नियमित स्वास्थ्य जाँच र अभ्यासका दौरान थकानको अवस्था पनि विचार गर्नुपर्ने हुन्छ। 

लामो समय खेलबाट बाहिर रहेका खेलाडीहरुमा एक्कासी अभ्यास बढाउँदा चोटको समस्या बढ्न सक्ने भएकाले हामीले कतिपय योजनामा रहेका अभ्यासहरु पनि फेर्दै लग्यौँ। किनभने गरिरहेका कामहरुमा केही परिवर्तन गर्नुपर्छ भन्ने देखिएको थियो। त्यसपछि हामीले बल ‘टच–पास–सुट’ मा ध्यान दिएर अभ्यासलाई अगाडि बढायौँ। 

खेलाडीहरुमा अभ्यास सकाउँदाको थकान पहिलेको भन्दा निकै ज्यादा भइरहेको छ। यस्तोमा हामीले अभ्यासपछिको ‘आइस थेरापी’ मा हरेक खेलाडीलाई व्यक्तिगत रुपमा विचार गरिरहेका छौँ। किनभने तापक्रम वृद्धि पनि हरेक दिन भइरहेको छ। हामीले खेल खेल्ने बेलामा पनि ३० डिग्रिको तापक्रममा खेल्नुपर्ने छ। जुन र जुलाईमा त अझ त्यो तापक्रम अझ बढ्नेछ। 

हिजोआज अभ्यास सकाउँदा मैले पनि ज्यादै बढी थकानको महसुस गरिरहेको छु। अहिलेको समय अलि तनावयुक्त नै छ। सबै तयारी पूरा गर्नका लागि समय पर्याप्त छैन। त्यो तनावपूर्ण अवधि अझ आउनेवाला नै छ। सबैभन्दा राम्रो अवस्थामा फर्किएर मैदानमा जानुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि सबै अवस्था मिलिरहेको छैन। 

फिफाले अहिलेको परिस्थितिलाई विचार गरेर बनाएको एकै खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने नियमले केही सजिलो हुनेछ। त्यो नियमलाई हामी कसरी उपयोग गर्नेछौँ भन्ने बारे हामीले स्पष्ट योजना बनाएर अगाडि बढिरहेका छौँ। यो नियमको अवस्था पनि हामी जस्तो सानो क्लबहरुका लागि ठूला क्लबमा भन्दा भिन्न हुन्छ नै। सुरुवातदेखि खेल्ने र परिवर्तन गरिने खेलाडीमा भिन्नता निकै रहन्छ। तर खेल कसरी अगाडि बढ्छ र थकानको अवस्था कस्तो रहन्छ भन्नेमा परिवर्तन कसरी गर्ने भन्ने निर्भर रहन्छ। 

मैले पहिलेदेखि भनिरहेको र अहिले पुगेको राम्रो कुरा के भने हामीसँग २३ खेलाडी उपलब्ध छन्। जसको मतलब कुनै पनि खेलाडी पछाडि पर्ने छैनन्। तर मैले अहिलेसम्म बुझिरहेको छैन किन को को खेलाडी खेल्दै छन् भन्ने विषय एक दिन अघि नै वा कहिले काहिँ त दुई दिन अघि नै सार्वजनिक गर्नुपर्छ? 

हामीले बुन्डेस लिगाका खेलहरु हेर्दा के देखिरहेका छौँ भने घरेलु मैदानमा समर्थक बिना खेल्दा फाइदा अवे टिमलाई भइरहेको छ। त्यही कुरा विचार गरेर केही टिमहरुले आफ्नो शैलीहरु पनि अवश्य परिवर्तन गर्नेछन्। रेलिगेसनमा संघर्ष गरिरहेका टिमहरुलाई पनि यो नयाँ अवस्था माथि उक्लने मौका हुनसक्छ। विश्वास छ, खेल हुने समयमा अहिले अनुमान गरिएका भन्दा अझ आश्चर्यजनक विषयहरु देखिनेछन्। 

(स्पेनिस क्लब गेटाफेका प्रशिक्षक जस बोर्दालासले अहिलेको समयमा फुटबलमा फर्कन कस्तो अवस्था भइरहेको छ भन्नेबारे बिबिसी स्पोर्टमा गरेको कुराकानी यहाँ नेपालीमा अनुवाद गरिएको हो। ५६ वर्षका बोर्दालास गेटाफेमा चौथो वर्ष प्रशिक्षण गरिरहेका छन्। उनको क्लब अहिले ला लिगामा पाँचौँ स्थानमा छ। शुक्रबार राति ११ः१५ मा गेटाफे र ग्रानडाबीच खेल हुँदैछ।) 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७  १४:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
एमाले सचिवालय बैठक आज बस्दै
काभा महिला भलिबल च्याम्पियनसिप: नेपालले भारतसँग भिड्दै
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने शुक्रबार, जेठ ८, २०८३
एमाले सचिवालय बैठक आज बस्दै शुक्रबार, जेठ ८, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप: नेपालले भारतसँग भिड्दै शुक्रबार, जेठ ८, २०८३
क्रिकेट विश्वकप लिग २ मा आज नेपाल र अमेरिका आमनेसामने शुक्रबार, जेठ ८, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्‌न पुगे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
प्रतिनिधिसभा बैठक १२ जेठसम्मको लागि स्थगित बिहीबार, जेठ ७, २०८३
विपक्षीलाई पेलेरै अघि बढे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्