काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाले विगतमा पनि सामग्री खरिद गरेको तर्क दिँदै अहिले पनि खरिद गरेको बताएका छन्।
संसदमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘सेनाले यसअघि प्लेन, हतियार र अन्य थुप्रो कुरा किनेको छ। त्यति बेला व्यापारी भएन।’
सेनाले विगतमा सामान किन्दै आएको निरन्तरताकै रुपमा अहिले पनि खरिद गरेको दाबी गरे। सेनाले बनाएको अस्पताले सरकारले नबनाएको तर्क राख्दै आफ्नै प्रयोगका लागि खरिद गरेको बताए। सामान खरिद प्रक्रिया सेनाको छिटो हुने समेत प्रधानमन्त्रीले बताए।
सेनाको खरिद प्रक्रियाप्रति बचाउ गर्दै उनले भने, ‘आफ्नो तर्फबाट सेवा गर्न सामान किनेको छ। आपत्ति हुनुपर्ने के?’
कोरोना संकटमा सेना परिचालन गरिएको बताए। सेना राज्यकै अंग भएकाले परिचालन गरेको प्रष्टीकरण दिए। सेना परिचालन गर्दा गृह मन्त्रालयको भूमिका नखोसिएको बताए।
मेडिकल खरिद प्रक्रियामा जोडिएका व्यापारिक समूहको नाममा विरोध जनाएको प्रति समेत उनले आपत्ति जनाए। ‘कहिले ओम्नी, कहिले विशाल ग्रुपको कुरा गरेको सुन्छु। जसलाई जे मुख छोडे पनि सन्तोष हुन्छ भने त बेग्लै कुरा भो’, उनले भने, ‘कहिले ओम्नी ग्रुप कोबाट सञ्चालित छ भनेको छ। कहिले विशाल ग्रुपको साँठगाठबाट भनेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।