धनगढी- सुदूरपश्चिम प्रदेशमा सोमबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा प्रदेशमा थप ३७ जना कोरोना संक्रमित पुष्टि भएका हुन्।
अस्पतालले दिएको जानकारी अनुसार कैलाली, कञ्चनपुर, दार्चुला र डडेल्धुरामा नयाँ संक्रमित पुष्टि भएका हुन्। यीमध्ये तीन जना महिला समेत रहेको अस्पतालले जानकारी दिएको छ। कञ्चनपुरका दुई महिलासहित १९ जना, दार्चुलाका १०, डडेल्धुराका एक महिलासहित ७ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, कैलालीको जानकी गाउँपालिकाका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। योसंगै प्रदेशमा कोरोना संक्रमित १४७ पुगेको छ।
हालसम्म कैलालीका ५२ जना, कञ्चनपुरका ३२, अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीका ६, बझाङमा ८, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो पटक संक्रमण पुष्टि भएकाहरुलाई सम्बन्धित क्वारेन्टाइनमै अलग्गै राखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ। लक्षण देखिएहरूलाई अस्पताल लैजान निर्देशन दिइएको समेत निर्देशनालयले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।