काठमाडौं- विश्वभर कोरोना भायरसबाट संक्रमित भएर मृत्यु हुनेको संख्या ४ लाख कटेको छ। जोन्स होप्किन्स विश्वविद्यालयले पछिल्लो पटक अद्यावधिक गरेको विवरण अनुसार विश्वभर ४ लाख १ सय ३५ जनाको मृत्यु कोरोना भाइरसका कारण भएको हो। यो नेपाली समय अनुसार दिउँसो ४ बजेर ३५ मिनेट जाँदासम्मको हो।
अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमणबाट मृत्युको हुनेको संख्या रहेको छ। अमेरिकामा १ लाख ९ हजार ८ सयभन्दा बढी मानिसको मृत्यु कोरोनाका कारण भएको विश्वविद्यालयले उल्लेख गरेको छ। अमेरिकामा संक्रमित हुनेको संख्या भने १९ लाख २० हजार भन्दा बढी छ।
विश्वभर कोरोना संक्रमितको संख्या ६९ लाख १६ हजारभन्दा बढी पुगेको छ भने निको भएर फर्कनेको संख्या ३० लाख ९६ हजारभन्दा बढी छ।
नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ भने यसबाट ज्यान गुमाउनेको खंख्या भने १३ पुगेको नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।