काठमाडौं- आइतबार कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार आइतबार सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार प्रतिष्ठानमा गरिएको परीक्षणमा कालिकोटका थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यस्तै सुर्खेत प्रयोगशालामा सल्यानका २८ सुर्खेतका २० र दैलेखका ३ जनामा कोरोना पोजेटिभ पुष्टि भएका हुन्।
योसँगै प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ४१ पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।