काठमाडौं- शनिबार काठमाडौं र भक्तपुरमा २ सुरक्षाकर्मी र अन्य ३ जना गरी ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंको टोखामा बस्दै आएकी प्रहरीकी श्रीमती, भेनस अस्पतालमा शल्यक्रियामार्फत् सुत्केरी भएकी एक महिला, प्रहरी अस्पतालमा डायलाइसिस गराइरहेका एक पुरुष र काठमाडौंमा कार्यरत अर्का एक प्रहरीमा कोरोना संक्रमण देखिएको हो।
त्यसैगरी, भक्तपुरमा अर्की एक सुत्करीमा पनि कोरोना संक्रमण देखिएको छ। काठमाडौं मेडिकल कलेजमा संक्रमण देखिएपछि उनीहरूको कन्ट्याक्ट ट्रेसिङमा परीक्षण गर्दा ती सत्करीमा कोरोना पोजिटिभ देखिएको हो।
देशभर शनिबार ३ सय २३ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ। यीमध्ये ३६५ जना निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।