काठमाडौं- शनिबार नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले पुष्टि गरेको छ। डोल्पाका एक जना र सेती अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो।
मन्त्राललयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले पछिल्लो पटक २ जनाको पनि मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी दिएका हुन्।
सेतीमा मृत्यु भएकी महिला मिर्गौलाकी बिरामी भएको समेत उनले जानकारी दिए। ५५ वर्षीया उनको जेठ २३ गते दिउँसो १२ बजे मृत्यु भएको थियो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।