काठमाडौं- बिहीबार थप ३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३६५ पुगेका छन्। पछिल्लो पटक संक्रमण मुक्त हुनेमा जनकपुर अस्पतालमा उचपाररत १५ जना बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्तपालबाट ४ जना सेती अस्पतालबाट ६ जना र सुर्खेत अस्पातलबाट ७ जना निको भएर घर फर्किएका छन्।
हालसम्म १२ जनाको भने कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३२२५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।