काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउँसो ४ बजेर १५ मिनेटमा तयार पारेको तथ्यांक अनुसार हालसम्म सबैभन्दा बढी कोरोना संक्रमित प्रदेश २ मा भेटिएका छन्। यो प्रदेशका सबै आठै जिल्लामा ९ सय ९३ जना कोरोना संक्रमित पुष्टि भइसकेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
यसैगरी प्रदेश ५ का ११ जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ६५ छ। यसपछि कर्णाली प्रदेशका ७ जिल्लामा ४ सय ८९ जना संक्रमित पुष्टि भएका छन्। प्रदेश १ का १२ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४२ छ। सुदुर पश्चिमका ९ जिल्लामा ९१ जना संक्रमित भएका छन्।
बागमती प्रदेशमा कोरोना संक्रमितको खंख्या ८५ छ भने सबैभन्दा कम गण्डकीमा ५७ जना यसबाट संक्रमित भउका छन्। बागमतीका १२ जिल्लामा संक्रमित भेटिएका छन् भने गण्डकीका ९ जिल्लामा यसको संक्रमण पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।