काठामडौं- कोरोना संक्रमण ६८ जिल्लामा फैलिएको छ। शुक्रबार कर्णाली प्रदेशको हुम्ला, गण्डकी प्रदेशको गोरखाा र कास्की थपिएका छन्। हालसम्म कुल २९ सय १२ जना संक्रमित पुगेका छन् भने ११ जनाले ज्यान गुमाएका छन्।
सुर्खेतमा शुक्रबार एक जनाले ज्यान गुमाएका छन्। शुक्रबारमात्र २ सय ७८ जना थपिएका छन्। कर्णाली प्रदेशमा मात्र एक सय जना थपिएका छन्।
आज देखिएका संक्रमितमध्ये ११ जना महिला र २६७ जना पुरुष छन्। सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा रहेका छन्। प्रदेश २ पछि प्रदेश ५ मा रहेका छन्। कर्णाली प्रदेशमा पनि पछिल्ला दिनहरूमा लगातार संक्रमित थपिएका छन्।
प्रदेशगत विवरण
| प्रदेश |
जिल्ला |
संक्रमित |
| १ |
१२ |
२४२ |
| २ |
८ |
९९३ |
| बागमती |
१२ |
८५ |
| गण्डकी |
९ |
५७ |
| ५ |
११ |
९६५ |
| कर्णाली |
७ |
४८९ |
| सुदूरपश्चिम |
९ |
९१ |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।