• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

दैलेखको नारायण नगरपालिकाबाट गुहार- खै कहाँ लगेर राख्ने हो, कसरी जनता बचाउने हो!

64x64
दुर्गा दुलाल शुक्रबार, जेठ २३, २०७७  १२:३६
1140x725
दैलेखको नारायण नगरपालिकाकाे क्वारेन्टाइन। तस्बिर : सावित्री मल्ल।

काठमाडौं- ‘खै १ सय ५ जना कि १ सय १३ जना कति पो थपियो भन्छन् म त रनभुल्लमा छु, प्रदेशमा र जिल्लामा बुझ्न भनेको छु। न आइसोलेन छ, न प्रदेश अस्पतालले बिरामी लिन्छ।’

यो पीडा हो दैलेख नारायण नगपालिकाका मेयर रत्नबहादुर खड्काको।

बिहीबार थपिएका कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै नारायण नगरपालिकाकै थिए। सो नगरपालिकाको विभिन्न विद्यालयका क्वारेनटाइनमा भारतबाट आएर बसेकामध्ये ७१ जनाको रिपोर्ट पोजेटिभ आएको छ। संक्रमित हुनेमा ४ वर्षदेखि ५५ वर्षकासम्म छन्।

नारायण नगरपालिकामा हाल ८२ जना संक्रमित रहेका छन्। बिहीबार थपिएकासँगै उक्त नगरपालिकामा संक्रमितको संख्या १ सय ५३ जना संक्रमित पुगेका छन्।

संक्रमित र अन्य एउटै क्वारेनटाइनमा
जिल्लाबाट कति संक्रमित हो भन्ने संख्या एकिन नहुँदा बिहीबार रातभर संक्रमित र अन्य एकै ठाउँमा बसेका छन्। नगरप्रमुख खड्काका अनुसार को-को संक्रमित भएका हुन् पत्तो नै भएको छैन, उनीहरुलाई शुक्रबार बिहानमात्र अलग्गै राखिने छ। एकैपटक धेरै संक्रमित भएको रिपोर्ट आएको छ तर को-को हो भन्ने जानकारी नपाएकाले बाध्य भएर रातभरसँगै राखेका छौं’, मेयर खड्काले भने, ‘अबचाहिँ उनीहरुको पहिचान गरेर अलग्गै राख्नुपर्ला।’

बिहीबार बेलुका जिल्लासँग समन्वयन गरेर सबै संक्रमितको संख्या पत्ता लगाउने काम गरेकाले एउटा अलग्गै आइसोलेसनस्थल निर्माण गरेर राख्ने तयारी भइरहेको उनले बताए।

न प्रदेश अस्पतालले लिन्छ, न डाक्टर र अस्पताल छ
उक्त नगरपालिकाको जिम्मामा जम्मा एक जनामात्र डाक्टर रहेका छन्। नगरपालिकाभर हाल  ४ सय ३० जना क्वारेनटाइनमा रहेका छन्। यीमध्ये २१ वटामा मानिसहरु रहेको र एकजना डाक्टरले यी सबै स्थानमा स्वाब कलेक्सनदेखि उपचारसम्म गर्नुपर्ने अवस्था रहेको मेयर खड्काले बताए।

‘नगरपालिकामा यसरी कोरोना संक्रमित भएकाहरुका लागि राख्ने कुनै अस्पताल छैन। अहेब र अन्य कर्मचारीको भरमा रहेको स्वास्थ्य केन्द्रले कोरोनासँग कसरी लड्ला?’, मेयर खड्काले भने, ‘केही दिनअघि एकैपटक ४० जना संक्रमित देखिएपछि ३४ जनालाई प्रदेश अस्पताल सुर्खेत पठाउन खोज्दा भर्ना नलिने भन्दै अस्वीकार गर्नुभयो।’

Ncell 2
Ncell 2

संक्रमितको संख्या दैनिक रुपमा थपिरहेको तर कसैले पनि वास्ता नगरेको उनले बताए।

‘खै दिनमा सय जनाको संख्याले कोरोना संक्रमित थपिन थालेका छन्, न  प्रदेशले मतलब गर्छ न केन्द्र र जिल्लाले हेर्छ’, मेयर खड्काले भने, ‘खै कहाँ लगेर राख्ने हो, कसरी जनता बचाउने हो।’

अब स्थानीय तहले निर्माण गरेको क्वारेनटाइनलाई आइसोलेसनमा परिणत गर्ने तयारी भइरहेको उनले बताए।

‘अब अहेबले मात्र यी आइसोलेसनमा कोरोना संक्रमित हेर्ने त होला नि?’, मेयर खड्काले भने, ‘एक जना डाक्टरले सम्भव छैन। अरु डाक्टर पनि छैनन्।’

जिल्ला अस्पतालले बनाएको ४० बेडमा ३५ जना रहेको र गम्भीर अवस्थामा रहेका बिरामीलाई राख्न केही बेड खाली राखेको उनले बताए।

आफ्नो मात्र नभई दैलेखका दुल्लु, नौमुल लगायत अन्य स्थानीय तहको अवस्था पनि यस्तै भयावह भएको उनले बताए। ‘कसैसँग अस्पताल छैनन्, डाक्टर छैनन्। छन् त केवल कोरोना संक्रमित मात्र’, मेयर खड्काले भने, ‘यसै त कर्णाली विकट स्थान त्यहीमाथि भारतबाट थपिनेहरुका कारण इपिसेन्टर बन्ने खतरा बढेको छ।’

उक्त नगरपालिकाका करिब ४ हजार जना मानिस भारतबाट भित्रिने अनुमान गरिएको छ। रोजगारीका लागि भारत जाने परम्पराका कारण अहिले गाउँमा संक्रमण बढेको उनले बताए। नगरपालिकामा जेठ ११ गते एकैपटक दुई सय मानिस भारतबाट फर्केपछि संक्रमण सुरु भएको हो।

नेपालगञ्ज नाकामा अलपत्र भएकाहरुलाई नगरपालिकामा ल्याइएको थियो। यसरी भित्रिएका मानिसहरुलाई नगरपालिकाले रातारात क्वारेनटाइन निर्माण गरेर राखेको थियो। क्वारेनटाइनमा राखेसँगै उनीहरुको कोरोना परीक्षण सुरु भयो। जेठ ११ गतेदेखि जेठ २० गतेसम्मको समयमा यो नगरपालिकामा ६६ जना कोरोना पोजेटिभ देखिएको थिए।

दैलेख जिल्लाका पनि दुल्लु र नारायण नगरपालिकामा धेरै संक्रमित रहेका छन्। दुल्लुमा एक जनाले ज्यान पनि गुमाएका छन्। यसरी जिल्लाकै धेरै संक्रमित हुनुको कारण जिल्ला सदरमुकाम नजिक भएर हुनसक्ने मेयर खड्काले बताए।

परीक्षण बढाइदिन पर्‍यो  
मेयर खड्काले दैनिक मानिस थपिनेक्रम चलिरहेको तर परीक्षणमा ढिलाई हुँदा समस्या भएको बताए। ‘दैनिक चार सय जनाका दरले मानिस थपिएका छन्, नगरमा परीक्षण किट पनि छैन’, उनले भने, ‘जम्मा १० जनाको रिपोर्ट एकपटकमा आउँथ्यो। बिहीबार सय जनाको आएको छ तर त्यो पनि कम भएकाले यसलाई अझै बढाउनुपर्‍यो।’

कोरोनाको परीक्षण नहुँदासम्म को संक्रमित हो, को होइन भन्ने थाहा नहुने भएकाले समस्या भएको उनले बताए। क्वारेनटाइनमा सुत्केरी महिलादेखि बच्चा र बृद्धहरु पनि भएकाले परीक्षणलाई तीव्र गतिमा बढाइनुपर्ने, केन्द्र र प्रदेश सरकारले ध्यान दिनुपर्ने उनले बताए।

स्वाब संकलन रिपोर्ट जुम्ला र सुर्खेतबाट आउने भएकाले जिल्लाभरको चाप पर्ने कारण ढिलाई भएको उनले बताए।

नगरले सक्दो रुपमा क्वारेनटाइन व्यवस्थित गर्ने प्रयास भने जारी राखेको उनले बताए। नगरभित्र रहेका अधिकांश क्वारेनटाइनलाई मापदण्ड अनुसार बनाउने प्रयास नगरपालिकाले गरेको दाबी उनले गरे।

'डाक्टर र परीक्षण किट देऊ' 
नगरप्रमुख खड्काले कर्णाली प्रदेश विकट र अभावको ठाउँ भएकाले तत्काल केन्द्र सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए। यहाँ भारतबाट फर्किने मानिसको संख्या दिन प्रतिदिन बढिरहेकाले परीक्षण किट र डाक्टरहरु पठाइदिन माग गरे। 

संविधान अनुसार कर्णाली प्रदेशका नागरिकको पनि स्वास्थ्य उपचार पाउने र जीवन बाँच्न पाउने हक भएकाले तत्काल चिकित्सक पठाउन माग गर्दछु’, मेयर खड्काले भने, ‘नत्र कर्णाली प्रदेशको दैलेख जिल्ला कोरोनाको कारण सबैभन्दा धेरै ज्यान गुमाउनेहरुको जिल्ला हुने निश्चित छ।’

माक्स र स्यानिटाइजर नै छैन
मेयर खड्काले नगरपालिकाले अहिले स्वास्थ्य सामग्री अभाव भएको र परीक्षण किट नपाएको गुनासो गरे। प्रदेशले यसका लागि २० लाख रुपैयाँ उपलब्ध गराएको तर त्यसले किट किन्ने कि क्वारेनटाइन व्यवस्थित गर्ने भन्ने समस्या भएको उनले बताए।

क्वारेनटाइनहरुमा माक्स, स्यानिटाइजर र निर्मलीकरण गर्ने औषधीको अभाव भएको उनले बताए। ‘क्वारेनटाइनमा राख्ने र त्यहाँ बस्ने मानिसलाई वितरण गर्ने मास्क र स्यानिटाइजर छैन अरु अस्पताल र औषधि कसरी हुनु?’ मेयर खड्काले भने, ‘यस्तो अभावमा जनताको ज्यान बचाउन कठिन हुने छ।’

यस्तो महामारीमा पनि स्थानीय सरकार एक्लै लड्नुपरेको उनले बताए। सामाजिक संस्थाले पनि कर्णालीलाई नहेरेको उनको गुनासो छ। ‘सामाजिक संस्था डलर कमाउने काम मात्र गर्ने रहेछन्’, मेयर खड्काले भने, ‘हाम्रो तथ्यांक देखाएर उनीहरु पैसा कमाउने तर  हामी आपतमा हुँदा उनीहरु कता छन्।’

उनले यो अवस्था कायम रहेमा केही समयमा कर्णाली प्रदेशमा भयावह अवस्था आउने पनि चेतावनी दिए। परीक्षण नहुँदा क्वारेनटाइनमा रहेका मानिसहरु भाग्ने प्रयास गरिरहेको उनले बताए। ‘मानिसहरुलाई थुनेर राखेको धेरै दिन भइसक्यो। परीक्षण रिपोर्ट आउँदैन’, मेयर खड्काले भने, ‘कति दिन हामीलाई थुन्ने? कि त परीक्षण गर्नुस्, कि त घर जान दिनुस् भन्न थालिसके।’

मानिसलाई सधैं थुनेर राख्न नसक्ने भएकाले परीक्षणको रिपोर्टको आधारमा उनीहरुलाई घर पठाउने निर्णय गर्न सहज हुने उनले बताए ।

कर्णाली प्रदेशमा मात्र ४० हजारमा मानिस भारतबाट भित्रने भएकाले केन्द्र सरकारले समयमै तयारी गर्नुपर्ने नत्र भयावह अवस्था आउने उनको चेतावनी छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १२:३६
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
झोंकमा उम्मेदवारी दिन खोजेको हैन, पार्टी बैठकमै जानकारी गराएका छौँ : ईश्वर पोखरेल बुधबार, मंसिर २४, २०८२
सेयर बजारमा गिरावट, ७९ कम्पनीको मूल्य बढ्यो बुधबार, मंसिर २४, २०८२
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
एनपीएल-: क्वालिफायर १ मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर भिड्दै मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्