काठमाडौं- धादिङको थाक्रे गाउँपालिका ७ दशकिल्लामा गएराति सवा १० बजे ना ५ ख २४६७ नम्बरको बस र ना ६ ख ६५११ नम्बरको ट्रकापसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ। दुवै सवारी साधनमा सवार २० जना घाइते भएका छन्।
मृत्यु हुनेमा ट्रक चालक ललितपुर सातदोबाटो बस्ने २५ वर्षीय मनोज खड्की र बसमा सवार रौतहटको गौर नगरपालिका ५ की १६ वर्षीया आयुष्मा भट्टराई रहेका छन्।
खड्कीको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो भने भट्टराईको गणेशमान मेमोरियल अस्पताल ललितपुरमा मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ। घाइतेमध्ये ७ जनाको महादेवदेवी पोलिक्लिनिक धादिङमै उपचार भइरहेको छ। अन्य घाइतेहरुको काठमाडौँ र ललितपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।