काठमाडौं- राष्ट्रिय शैक्षिक परामर्श संघले प्रभावित व्यवसायिक क्षेत्रलाई कर सहूलियत गरिदिनका लागि सरकारलाई आग्रह गरेको छ। कोरोनाबाट प्रभावित व्यवसायिक क्षेत्रलाई ऋण/पुनर्कर्जाको सुविधा, कर छुट तथा कर तिर्नका लागि सहज समयावधि साथै कर्मचारीहरूको तलबमा लाग्ने करमा अधिकतम सहुलियत प्रदान गरी व्यवसायिक हौसला र प्रोत्साहन तथा व्यवसाय सुचारु गर्ने वातावरण प्रदान गरिदिन सरकार समक्ष अनुरोध गरेको हो।
साथै कोभिड–१९ को प्रभावलाई नियन्त्रण गरिसकेका मुलुकका लागि वैदेशिक शैक्षिक अनुमति पत्र सुचारू गरिदिनहुन पनि आग्रह गरेको छ।
यस परिवेशमा लकडाउन खुलेपछि कार्यालय सन्चालनार्थ घरभाडा ,कर्मचारीको तलब, भत्ता, मसलन्द खर्च तथा अन्य खर्चहरू सरकारका विभिन्न करका साथै आफ्नो पनि दैनिकी गुजारा गर्न निकै कठिन अवस्था उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।