काठमाडौं- डा गोविन्द केसीका समर्थक डाक्टरहरु नयाँ बानेश्वरस्थित संसद भवन अगाडिबाट पक्राउ परेका छन्।
संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने प्रयास भइरहेको भन्दै उनीहरु संसद भवन अगाडि प्रदर्शन गर्न पुगेका थिए।
बिहान १० बजे नाराजुलुस गरिरहेका उनीहरुमध्ये १५ जनालाई प्रहरीले पक्राउ गरेको हो। अहिले उनीहरु तीनकुनेस्थित प्रहरी कार्यालयमा छन्। पक्राउ पर्नेमा डा गोविन्द केसीका समर्थकहरु डा जीवन क्षेत्री, डा अभिशेषक सिंह, आईओएमका विद्यार्थी विशद दाहाल, फिल्मकर्मी रवीन्द्रसिंह बानियाँ, शशि विक्रम कार्की, नवराज थापा, पुकार बम, सस्मित पोखरेल, जगन्नाथ लामिछाने, लेनिन विष्ट, डा. कश्यप श्रेष्ठ लगायत रहेका छन् । उनीहरुलारेइ प्रहरीले तिनकुनेस्थित प्रहरी कार्यालयमा राखेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।