काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ। जेठ २० मा पाल्पाका एक व्यक्तिको मृत्यु भएको र उनको परीक्षणमा कोरोना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
४५ वर्षीय उनी ५ दिनअघि भारतबाट आएको समेत उनले जानकारी दिए। उनको पाल्पाको मिसन अस्पातलमा मृत्यु भएको थियो। यो सँगै नेपालमा मृत्यु हुनेको संख्या १० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।