काठमाडौं- बिहीबार थप १२ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २९० पुगेका छन्। नेपालमा हालसम्म २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बुधबार मात्र ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
हालसम्म १० जनाको भने कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।