काठमाडौं- मधेश केन्द्रित दल जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका केही सांसदहरूले दर्ता गराएको संविधान संशोधन प्रस्तावमा तत्काल छलफल नहुने भएको छ।
संघीय संसदको प्रतिनिधि सभाको नियमावलीको व्यवस्थाका कारण उनीहरूको संशोधन प्रस्तावमा बजेट अधिवेशनमा छलफल नहुने भएको हो।
एउटै अधिवेशनमा समान विषयको विधेयक एकभन्दा बढी प्रस्तुत हुन नसक्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीले गरेकाले उनीहरूको विधेयकमा छलफल हुन अर्को अधिवेशन कुर्नुपर्ने भएको छ।
संविधान संशोधनसम्बन्धी अन्य दुई विधेयक यस बजेट अधिवेशनमा पेस हुन नसक्ने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।