काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको विषयविज्ञको छलफलमा सहभागी अधिकांश विज्ञहरुले लकडाउनका विषयमा डब्लुएचओको गाइडलाइन पालना गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहभागी विभिन्न क्षेत्रका विज्ञहरूले यस्तो सुझाव दिएका हुन्।
छलफलमा लकडाउनको मोडालिटी कसरी परिवर्तन गर्न उपयुक्त हुने भन्दै प्रधानमन्त्रीले जिज्ञासा राखेका थिए। करिब ४ घण्टासम्म भएको छलफल लकडाउनका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाइडलाइन अनुसार अघि बढ्न विज्ञहरूले प्रधानमन्त्रीलाई सुझाव दिएको छलफलमा सहभागी लोचन कार्कीले जानकारी दिए।
यसका साथै विज्ञ टोली बनाउनसमेत विज्ञहरूको सुझाव थियो। विज्ञले दिएको सुझावलाई प्रमले सकरात्मक रुपमा लिदैं विज्ञ टोली बनाउने प्रतिबद्धता गरेको कार्कीले जानकारी दिए।
जनतामा उत्प्रेरणा जगाउने कार्य राज्यले गर्नुपर्ने सल्लाह विज्ञहरूको थियो। तर परामर्श कुनै निचोडमा भने पुगेन। विज्ञसँग परामर्श लिने कार्यक्रम राख्ने प्रधानमन्त्रीले वचन दिँदै छलफल अन्त्य भएको थियो। छलफलमा विभिन्न क्षेत्रका २५ जना विषयविज्ञ उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।