काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ।
जेठ १३ मा दोलखाका एक व्यक्तिलाई नेपाल मेडिकल कलेजमा भर्ना भएर उपचार गराइरहेका उनको जेठ २१ मा मृत्यु भएको हो। जेठ १५ मा उनको कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो।
शल्यक्रियापछि उनको अवस्था गम्भीर भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। उनको टिचिङमा नै मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।