• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २१, २०८२ Mon, Jan 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

राजस्वको सूचनापछि उठेको विवाद– कहाँ चिप्लियो सरकार, किन रिसाए व्यवसायी?

64x64
नेपाल लाइभ बुधबार, जेठ २१, २०७७  १०:०७
1140x725

काठमाडौं- आन्तरिक राजस्व विभागले मंगलबार प्रकाशन गरेको सूचनाले एकाएक बजारमा तरंग ल्यायो, व्यावसायिक जगत त्यसको विरोधमा उत्रियो। नेपाल उद्योग वाणिज्य महासंघसहितका छाता संगठनका प्रतिनिधिले यसको खुलेर विरोध गरे। 

चैत ११ गतेपछि लकडाउन गरिएका कारण व्यवसाय बन्द छन्। तर यहीबीचको कर असुलीका लागि दबाब दिइएको भन्दै व्यवसायीले त्यसको खुलेर विरोध गरेका हुन्। नेपाल उद्योग वाणिज्य महासंघले जेठ २५ गते तथा मसान्तमा बुझाउनुपर्ने करको विवरण तथा रकम बुझाउने समय कम्तिमा एक महिना सार्नका लागि अनुरोध नै गरिसकेको छ। 

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सरकारले अहिलेको व्यवहारिकता नबुझेको बताउँछन्। 'व्यवसाय सञ्चालनमा नआई कर उठाउन खोज्नु भनेको सरकारले वास्तविकता नबुझेको भन्न सकिन्छ,' गोल्छा भन्छन्। 

बैंकले ब्याजबापतको रकम व्यवसायीबाट लगेको र लकडाउनकै बीचमा पनि कर्मचारीलाई तलब भुक्तानी गरिएकाले व्यवसायी समस्यामा परेको गोल्छा बताउँछन्। 'बैंकले ब्याज तानेको छ, कर्मचारीलाई तलब पनि दिइएको छ,' उनले भने। 

के छ सूचनामा?
विभागले प्रकाशन गरेको सूचामा २०७६ फागुन र चैतको मूल्य अभिवृद्धि करतर्फको विवरण र कर रकम जेठ २५ गते बुझाउन भनिएको छ। यसैगरी अन्तःशुल्कतर्फको पनि २०७६ फागुन र चैतको मासिक विवरण, माघ र फागुनको द्वैमासिक विवरण र मंसिरदेखि फागुनको चौमासिक कर विवरण तथा ती विवरणअनुसारको कर जेठ २५ गतेभित्र बुझाउन भनिएको छ। 

आयकरतर्फ पनि २०७६ को फागुन र चैतको अग्रिम करकट्टी विवरण तथा त्यसअनुसार बुझाउनुपर्ने कर जेठ २५ गतेभित्र र आर्थिक वर्ष २०७६/०७७ को अनुमानित कर विवरण र दोस्रो किस्ताबापतको रकम दाखिला गर्नुपर्ने म्याद २०७७ जेठ मसान्तसम्म तोकिएको छ। विभागले दूरसञ्चार सेवा दस्तुर, टेलिफोन स्वामित्व शुल्क तथा शिक्षा सेवा शुल्क पनि जेठ २५ गतेभित्र बुझाउन भनेको छ। 

किन जेठ २५ र मसान्त नै?
सरकारले लकडाउनपछि दुईपटक राहत प्याकेज ल्यायो। राहत प्याकेजमा करतर्फ छुटभन्दा पनि बुझाउने मिति सारिएको (डिफर गरिएको) छ। पहिलोपटक ल्याएको प्याकेजमा चैत २५ गते बुझाउनुपर्ने विवरण तथा कर वैशाख २५ गते र चैत मसान्तमा बुझाउनुपर्ने विवरण र कर रकम वैशाख मसान्तमा बुझाउनुपर्ने व्यवस्था गरियो। 

त्यसको केही समयपछि सरकारले दोस्रोपटक प्याकेज ल्यायो। जसमा वैशाख २५ र वैशाख मसान्तसम्म बुझाउनुपर्ने कर रकम तथा विवरण जेठ २५ र जेठ मसान्तमा बुझाउनुपर्ने व्यवस्था गरियो। यसैअनुसार विभागले सूचना सार्वजनिक गरेको छ। 

Ncell 2
Ncell 2

विभागका महानिर्देशक विनोदबहादुर कुँवरले नेपाल लाइभसँगको कुराकानीमा कर बुझाउने समय आयो भनेर जानकारी मात्रै दिइएको बताए। 'हामीले उहाँहरूलाई सम्झदाइदिएका मात्रै हौं,' कुँवरले भने। 

किन रिसाए व्यवसायी
सरकारको सूचनापछि व्यवसायी आक्रोशित भए। लामो समय घरभित्र राख्ने र कर तिर भन्ने सरकारी निर्देशनले उनीहरूलाई चिढ्याएको हो। चैतसम्मको मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको विवरण र कर बुझाउने विषयमा उनीहरूको धेरै फरक धारणा नभए पनि आयकरको दोस्रो किस्ता तिर भन्ने सूचनाका कारण व्यवसायी धेरै आक्रोशित भएका छन्। 

'आन्तरिक राजस्व विभागले ठेक्का तथा आपूर्तिमा भएको भुक्तानीको स्रोतमा करकट्टी तथा फागुनसम्मको मूल्य अभिवृद्धि कर विवरण र कर रकम मात्रै तिर भनेको भए केही सहज हुने थियो,' एक व्यवसायीले भने, 'चैत ११ गतेदेखि बन्द भए पनि त्यसअघिको आयकर त बुझाउनुपर्छ, जुन रकम केही ठूलो पनि हुन्छ। त्यो भुक्तानीमा समस्या परेको छ।' 

यस विषयमा अर्थ मन्त्रालय पनि आन्तरिक छलफलमा छ। यो विषय कसरी सम्बोधन गर्ने भन्ने निर्क्यौल नभए पनि वातावरण सहज बनाउनेगरी काम अघि बढाउने मन्त्रालयको तयारी छ। 'मन्त्रालयले दिनुपर्ने भुक्तानी दिइरहेकै छ, कर संकलन भएको छैन,' अर्थका एक अधिकारीले भने, 'राजस्व त उठाउनैपर्छ, तर सहजरूपमा कसरी काम गर्ने भन्ने छलफलमा छौं।' 

मन्त्रालय पनि मूल्य अभिवृद्धि कर र मदिरा तथा चुरोट निकासीको अन्त:शुल्कका विषयमा व्यवसायीले प्रश्न उठाउन नहुने पक्षमा छ। आयकरको विषय सम्बोधनका लागि मन्त्रिपरिषदमा नै प्रस्ताव पठाउनुपर्ने भएकाले के गर्ने भन्ने छलफल चलिरहेको ती अधिकारीको भनाइ छ।
 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  १०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत
दोहोरो अंकले घट्यो नेप्से
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा
सम्बन्धित सामग्री
अमेरिकी डलरको भाउ निरन्तर उकालो आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि भएको छ । शनिबार, पुस १९, २०८२
पर्यटकको ‘अनलाइन ट्र्याकिङ’ सुरु विभिन्न भिसामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुन विपरीत अरु नै गतिविधिमा संल्लग्न हुन नदिन निगरानी, नियमन र व्यवस्थापन तथ... बिहीबार, पुस १७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, पुस १७, २०८२
ताजा समाचारसबै
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
झापा–५ बाट ओलीको नाम एकल सिफारिस शनिबार, पुस १९, २०८२
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सर्वत्र आलोचनापछि रास्वपाको समानुपातिक सूचीबाट धमाधम नाम फिर्ता लिँदै, को–को हुन् नाम फिर्ता लिनेहरु? शनिबार, पुस १९, २०८२
रास्वपाको बन्दसूचीबाट सचिन ढकालले पनि फिर्ता लिए उम्मेदवारी शनिबार, पुस १९, २०८२
अमेरिकी डलरको भाउ निरन्तर उकालो शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्