काठमाडौं- मंगलबार काठमाडौं र भक्तपुरमा नयाँ संक्रमित थपिएका छन्। यसरी संक्रमित हुनेहरूमा २ सय ८८ जना नयाँ संक्रमित थपिँदा २ सय ७० जना पुरुष र १८ महिला छन्।
यो हालसम्मको सबैभन्दा धेरै संक्रमितको तथ्यांक हो। भक्तपुर चागुनारणकी ३० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ। परोपकार प्रसुती गृहमा उपचार गराई रहेकी धादिङकी एक महिलामा पोजेटिभ देखिएको छ।
काठमाडौं मेडिकल कलेजका ४ जनामा कोरोना संक्रमण देखिएको छ‚ जसमा २४ देखि ३२ वर्षभित्रका तीन महिला र २८ वर्षका एक पुरुष छन्। चारैजना स्वास्थ्यकर्मी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।