काठमाडौं- मंगलबार कोरोना संक्रमण भएका २ सय ८८ जना व्यक्ति भेटिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दियो। यीमध्ये प्युठान र पर्वतका व्यक्ति पनि थिए। योसँगै कोरोना भाइरसको संक्रमण नेपालका ६१ जिल्ल्लामा पुगेको छ।
मंगलबार पर्वत र प्युठानमा नयाँ संक्रमित देखा परेका छन्। प्युठानमा एक जनामा कोरोना संक्रमण भेटिएको हो भने पर्वतका ५ जनामा कोरोना संक्रमण भेटिएको हो। उनीहरू क्वारेन्टानइमा रहेका व्यक्तिहरू हुन्।
हाल सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा रहेका छन्। प्रदेश ५ र प्रदेश १ मा पनि सय जनाभन्दा धेरै संक्रमित रहेका छन्। देशभर १ लाख ४५ हजार मानिस क्वारेनटाइनमा रहेका छन्।
प्रदेश १ का ९ जिल्लामा गरी १६८ जना कोरोना संक्रमित भेटिएका छन्। प्रदेश २ का सबै आठै जिल्लामा ८१६ संक्रमित भेटिएका छन्। बागमती प्रदेशका १२ जिल्लामा ५४ संक्रमित पुष्टि भएका छन्।
गण्डकी प्रदेशका ७ जिल्लामा ३७ जना संक्रमित भेटिएका छन् भने प्रदेश ५ का ११ जिल्लामा ६९९ जना संक्रमित भेटिएका छन्। कर्णाली प्रदेशका ५ जिल्लामा २ सय ५२ जना संक्रमित भेटिएका छन् भने सुदुर पश्चिमका ९ जिल्लामा ७३ जनामा कोरोना संक्रमण देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।