• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २३, २०८२ Sun, Nov 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

विमानस्थलबाट भइरहेको सुन तस्करीको पर्दाफास, दुई जनाको मृत्युको यस्तो रहस्य

64x64
नेपाल लाइभ आइतबार, वैशाख २, २०७५  १७:४०
1140x725

काठमाडौं– सनम शाक्य हत्याको अनुसन्धान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयदेखि संगठित रुपमा हुँदै आएको सुन तस्करीको पर्दाफास हुँदै गएको छ। विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाई एक समूहले कम्तिमा ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्दै आएको खुलेको छ। 

एयरलाइन्सका कर्मचारीहरुले भन्सारको बाटो प्रयोग नगरी सुन राखिएका लगेजहरु गोप्य बाटोबाट पास गर्दथे। यस्तो गतिविधिमा संलग्न थाई एयरलाइन्स र नेपाल एयरलाइन्सका ११ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरिसकेको छ। 

विमानस्थलबाटै सेटिङमा तस्करी भएको ३३ किलो सुन गायब भएपछि सो समूहमा एकाउन्टेन्टका रुपमा काम गर्ने सनम शाक्यको फागुन १८ गते मोरङमा हत्या भएको थियो। सो हत्याको अनुसन्धानमा प्रहरीले मुख्य नाइकेहरुलाई पक्राउ नगरेको भन्दै उजुरी परेपछि गृह मन्त्रालयले छानबिन गर्दा एयरपोर्टबाट ५ वर्षदेखि सो समूहले सुन तस्करी गर्दै आएको खुलेको छ। 

‘सन् २०१३ देखि यसरी तस्करी हुँदै आएको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘यसमा हाइप्रोफाइल कनेक्सन नहोला भन्न सकिन्न।’ गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेलेको नेतृत्वमा छानबिन भइरहेको छ। घटनामा संलग्न २४ जनालाई जिल्ला प्रहरी कार्यालयले संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको छ। 

पक्राउ परेका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङले तस्करीका लागि विमानस्थलमा सेटिङ मिलाएको स्रोत बताउँछ। एयरपोर्टका कर्मचारीलाई पैसा बाँड्ने जिम्मेवारी पनि उनकै थियो। तस्करीमा भारतका ठूला तस्करहरुसँग संलग्न थिए। त्यसरी तस्करी भएको ८० प्रतिशत भन्दा धेरै सुन भारत पुग्ने गर्थ्यो। 

सुन तस्करीका लागि एयरलाइन्सका कर्मचारीले विमानस्थलका सबैजसो लोडर(ब्यागेज ओसार्ने) हरुसँग आफ्नो गिरोहमा आबद्ध गरेका थिए। हरेक हप्ताजसो उनीहरुले पैसा लिने गरेका थिए। 

सुन राखिने झोलाको फोटो र संकेत उनीहरुलाई भाइबरमा आउने गर्थ्यो। सोही आधारमा ती झोला उनीहरुले छुट्टै राख्थे। विमानस्थलमा कार्यरत एयरलाइन्सका कर्मचारीले ती झोला आफूहरुको भएको भन्दै पास गराउँथे। यसरी हरेक दिनजसो विमानस्थलबाट सुन तस्करी हुने गरेको थियो। 

सोही सूचना पाएपछि दुई साताअघि आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा वादलले विमानस्थलबाट टनका टन सुन तस्करी भइरहेको बताएका थिए। 

Ncell 2
Ncell 2

सेटिङमा अनेक समूह 

सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका आरबी डायमन्डका सञ्चालक राजेन्द्र शाक्य साढे ३३ किलो सुन तस्करी प्रकरणमा पनि पक्राउ परेका थिए। एयरपोर्टका प्रहरी तथा भन्सार कर्मचारीको मिलेमतोमा विमानस्थलबाट पास भएको साढे ३३ किलो सुन गत वर्ष २०७३ पुस २१ मा बरामद भएको थियो। सो सुन तस्करीमा शाक्यविरुद्ध समेत मुद्दा दायर भएको थियो। उनी धरौटीमै छुटेका थिए। 

शाक्य हत्यामा जोडिएको ३३ किलो सुनमा पनि सोही समूह सक्रिय रहेको खुलेको छ। सो गिरोहका नाइके गोरे भनिने चूनामणि उप्रेती नै ३३ किलो सुन तस्करीका नाइके हुन्। जसले अपराध महाशाखाका प्रहरीलाई हात लिएर शाक्य हत्याको केस सेटल गर्न खोजेका थिए। उप्रेतीलाई जोगाउने गरी अनुसन्धान गरेको आरोपमा अपराध महाशाखाका एसएसपी विदेश लोहनीसहित तीन जनालाई त्यहाँबाट हटाइसकिएको छ। 

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार एउटै समूहले सुन तस्करीका लागि विमानस्थलमा विभिन्न तहका व्यक्तिहरुसँग सेटिङ मिलाएको छ। गत वर्ष पक्राउ परेका भन्सारका कर्मचारी विभिन्न समूहमध्ये एउटा समूह मात्र थियो। त्यसकारण उनीहरुको धन्दा रोकिएन। विमानस्थमा उनीहरुको अन्य व्यक्तिसँग समेत सम्बन्ध भएको हुनसक्ने आशंका गरिएको छ। 

दुई जनाको मृत्युले झन् रमस्यमय 

गिरोहमा जोडिएका थप दुई जनाको मृत्युको घटना थप रहस्मय बन्दै गएको छ। पक्राउ परेका नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरीले शुक्रबार बिहान महानगरीय प्रहरी वृत्त अनामगनरको हिरासतमा आत्महत्या गरेका थिए। 

माघ २२ गते थाई एयरलाइन्सका सिनियर टेक्निसियन सानु बनको रनवेमै गाडीको ठक्करबाट मृत्यु भएको थियो। त्यो दुर्घटना नभई आत्महत्या भएको आशंका गरिएको छ। बनको मृत्यु प्रकरणको पनि गृह मन्त्रालयको छानबिन समितिले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०७५  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता
सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा
सेयर बजारमा भारी गिरावट, नेप्से घट्यो ३० अंक
सम्बन्धित सामग्री
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा आइतबार, कात्तिक २३, २०८२
सेयर बजारमा भारी गिरावट, नेप्से घट्यो ३० अंक आइतबार, कात्तिक २३, २०८२
सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने,दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने पुनको चेतावनी आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय सभा बैठकका लागि व्यवस्थापन गरिँदै ३० लाखमा हल आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
पूर्वमन्त्री आफताव आलमको मृत्यु शनिबार, कात्तिक २२, २०८२
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा शनिबार, कात्तिक २२, २०८२
घनश्याम भुसाल बने एकीकृत समाजवादीको संयोजक आइतबार, कात्तिक २३, २०८२
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्