काठमाडौं- मंगलबार थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। उनका अनुसार २ सय ७० पुरुष संक्रमित भेटिएका हुन् भने १८ जना महिला हुन्।
काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका ३८ जनामा कोरोना संक्रमण पाइएको छ। यसैगरी पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ५ र पर्वत फलेबास क्वारेन्टाइनका रहेका ५ जना गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
धरानमा गरिएको परीक्षणमा सप्तरीका १ जनामा कोरोना पोजेटिभ देखिएको छ भने भेरी अस्तपालको प्रयोगशालामा बर्दियाका ३ र बाँकेका १७ जनामा कोरोना संक्रमण देखिएको छ।
सुर्खेतको प्रयोगशालमा सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १० जनामा कोरोना पोजेटिभ देखिएको छ। यस्तै, हेटौंडामा गरिएको परीक्षणमा बाराका एक जनामा समेत कोरोना देखिएको छ।
दाङको राप्ती स्वसाथ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १७ र प्युठानका १ जनामा कोरोना भाइरस देखिएको छ भने सेती अस्पातलमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ११८ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरूमध्ये धनुषाका ६, महोत्तरीका २, रौतहटका ३६, सर्लाहीका २१, सिराहाका १७, भक्तपुरका १, र धादिङ घर भई काठमाडौंमा उपचाररत एक जना महिलामा समेत कोरोना संक्रमण भेटिएको छ।
सोही प्रयोगशालमा कपिलवस्तुका १६, काठमाठौंका ४ स्वास्थ्यकर्मी, नवलपरासीका २ जना, नुवाकोटका २ जना, रुपन्देहीका १० जनामा कोरोना संक्रमण देखिएको छ।
हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय ६६ जना उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणका कारण ८ जनाको भने मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।