काठमाडौं- मंगलबार देशभर थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यीमध्ये ६ जना काठमाडौं उपत्यकामा रहेका व्यक्तिहरू हुन्।
डा देवकोटाका अनुसार काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ भने धादिङ घर भएर काठमाडौंको एक अस्पतालमा उपचाररत एक जना महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी भक्तपुर चाँगुनारायणका एक व्यक्तिमा समेत कोरोना संक्रमण भेटिएको छ।
देशका विभिन्न स्थानका प्रयोगशालमा गरिएको परीक्षणमा पछिल्लो पटक २८८ संक्रमित थप भएका हुन्। उनका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ।
हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय ६६ जना उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणका कारण ८ जनाको भने मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।