काठमाडौं- मंगलबार थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो पटक थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
देशका विभिन्न स्थानका प्रयोगशालमा पछिल्लो पटक संक्रमित थप भएका हुन्। उनीहरूमध्ये काठमाडौंका ४ र भक्तपुरका १ जनासमेत छन्।
उनका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ।
हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणका कारण ८ जनाको भने मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।